जनकपुरधाम, साउन १५ गते ।

चित्रपुरका आँप बगैंचाको बेहाल भएको छ। फल टिप्न बाँकी रहेका हरेक बोटमुनि कुहिएका आँप छरपस्ट छन्। यस्तो लाग्छ– बगैंचाका सबै आँप एकैपटक झारेर छोडिएको छ।

हो, आँप छरपस्ट देखिन्छ तर झारेर छाडिएको होइन। आँप बगैंचामा फैलिएको कीराको प्रकोप र गर्मीले एकै हप्तामा बोटबाट आधाभन्दा बढी आँप झरेर सडेको छ।

बाँकी आँप पनि झरेको झर्‍यै छ। केही दिनअघिसम्म यहाँका बगैंचाबाट रसिलो आँपको बास्ना मगमगाउँथ्यो। अहिले सडेको आँपले बगैंचा दुर्गन्धित र कुरूप बनाएको छ।

यसले किसान र व्यापारीलाई ठूलो आर्थिक क्षति भएको छ। बोटमा बाँकी आँपमा किराको प्रकोप छ।

धनुषाको उत्तरी भेगमा पर्ने बटेश्वर गाउँपालिका–१, चित्रपुर आँपखेतीमा प्रख्यात छ। स्थानीयवासीहरूका अनुसार वडा नम्बर १ का चित्रपुर, विजयपुर र सोनापुरमा गरी कम्तीमा पाँच सय बिघा जमिनमा आँप बगैंचा छ।

जगदेव महतोको डेढ बिघाको बगैंचामा हेरालु छन् ७० वर्षीय रामदयाल महतो। बगैंचाको अवस्थाले उनी साह्रै चिन्तित देखिन्छन्।

असार अन्तिम साता भएको लामो झरी र त्यसपछिको चर्को घामले आँप झर्न सुरू भएको उनको भनाइ छ।

‘पूरै बर्बाद भयो। आँप झरेको हेर्दा आँखा फाटिरहेको छ। किसान र व्यापारी रोएका छन्। यहाँ आउने मान्छे छक्क पर्छन्। अन्धाधुन्ध आँप झरेको छ। झरेको आँप सबै सडेको छ,’ रामदायालले एक हप्ता अघि भने, ‘यही बगैंचामा एक हप्तामै चार सय करेट भन्दा बढी झर्‍यो। अब व्यापारीले कहाँबाट दिन्छ किसानलाई पैसा, आजसम्म यस्तो देखेकै थिइनँ। असिना खसेजसरी आँप खस्छ।’

चित्रपुरमा सबैजसो बगैंचाको हालत यस्तै छ। अम्रपाली र बिजु प्रजातिका आँपमा कीराको प्रकोप केही कम देखिए पनि कलकतिया आँप करिब ८० प्रतिशत सडेको कृषकहरूको भनाइ छ।

रामदयालका अनुसार गत असार २९ गतेपछि कीराको प्रकोप बढेर आँप सड्दै झरेको हो। चित्रपुरमा कुल बगैंचाको आधाजसोमा कलकतिया प्रजातिको छ आँप छ।

कलकतिया आँप असार अन्तिम साता पाक्न थालेको हो। बोटमा पाक्न सुरू गरेपछि झन्डै एक महिना टिक्ने हुन्छ। किसान र व्यापारीहरू साउन पहिलो सातादेखि महिनाभरि टिपेर बेच्ने तयारीमा थिए।

टिप्न सुरू हुँदै गर्दा फैलिएको कीराको प्रकोपले सबै आँप झरेरै सकिन लागेको स्थानीय व्यापारी रामबहादुर महतोले बताए। उनले यस वर्ष ३० लाख रुपैयाँको बगैंचा किनेका थिए।

‘मान्छेमा कोराना भाइरस भएजस्तै रोग आँपमा लागेको छ। मैले किनेको मध्ये १८ बिघामा कलकितया आँप छ, यसपालि धेरै आँप बर्बाद भयो। टेन्सनले रातभर निद्रा आउँदैन,’ उनले भने, ‘जुन बोटमा २५ करेट ९क्रेट० आँप हुन्थ्यो अब त्यसमा दुई करेट पनि पुग्दैन। बगैंचा सफा गर्ने मान्छे पनि पाएको छैन।’

आफूले किनेको मध्येबाट कम्तीमा ३० लाख रुपैयाँको आँप नष्ट हुने उनको अनुमान छ।

‘सड्न रोकिएको छैन। फेरि कीरा मार्ने दबाई छर्किंदै छु तर त्यसले काम गरेको छैन। अब मलाई भगवानले मात्रै बचाउन सक्छ म त नराम्ररी डुब्छु,’ निराश मनस्थितिमा रामबहादुरले भने, ‘सरकारले केही सहयोग गरिदियोस्। किसानलाई दिन मसँग पैसा छैन, ऋण पनि पाइँदैन। बेचेर तिर्नलाई घरघडेरी पनि छैन।’

उनका अनुसार किसानहरू पहिला सम्झौता भएको मूल्यमा एक रुपैयाँ पनि छोड्न तयार छैनन्। बगैंचामा झरेको आँप गनाउन थालेपछि कामदारहरूले सफा गर्न नमानेको उनको भनाइ छ।

उनी राम्रो आँप छानेर धनुषा र महोत्तरीका ग्रामीण बजारमा लैजाँदैछन् तर उचित मूल्य पाएका छैनन्।

‘गाउँका बजारमा ८–१० रुपैयाँ किलोमा बेच्नुपर्छ। कहिलेकाहीं त नबिकेर बजारमै फाल्नुपर्छ,’ रामबहादुरले भने, ‘पहिले पाँचवटा बोटमै एक पिकअप ९ढुवानी गाडी० आँप हुन्थ्यो। अहिले २५ वटा बोटको आँपले पनि पिकअप भरिँदैन।’

अचानक बोटमै सडेर झर्न थालेपछि किसान र व्यापारीहरू धमाधम आँप टिप्दैछन्। उता बजारमा भाउ छैन।

उनले भने, ‘पाकेको आँप टिक्दैन। कोल्ड स्टोर पनि छैन। चर्को घाममा घरका सबैजना आँप लिएर बजार जाने गरेका छौं तर भाउ पाइँदैन।’

उनका अनुसार एउटा सोलार कम्पनीले चित्रपुरमा ८० बिघा जमिन ठेक्कामा लिन लागेको छ। कम्पनीले लिन चाहेको जमिनमध्ये करिब ७५ बिघामा आँप बगैंचा छ। धेरैजसो किसान सोलार कम्पनीलाई जमिन दिन तयार भएका छन्।

किन सडेको हो आँप ?

मिथिला नगरपालिकाका कृषि शाखाका प्रमुख कृषि अधिकृत सञ्जय महतो चित्रपुरका बासिन्दा हुन्। उनका अनुसार बगैंचामा फल सडाउने औंसा कीराको प्रकोप देखिएको छ। जलवायु परिवर्तनको प्रभावले यस्तो भएको उनको अनुमान छ।

‘यो कीरा पहिला पनि लाग्थ्यो तर यसपालि धेरै देखियो। बढी गर्मीका कारणले कीराको प्रकोप बढेको जस्तो लाग्छ। यसपालि साउनमा पनि धेरै गर्मी धेरै छ,’ उनले भने, ‘अलिक चाँडै औषधि छर्किएको भए आँप बचाउन सकिन्थ्यो। अहिले कीराले अट्याक ९आक्रमण० गरिसकेको छ। अब दबाई छर्केर २० प्रतिशत जति बचाउन सकिन्छ।’

के हो औंसा कीरा ?

औंसा कीराले फलफूल र तरकारी सडाउँछ। यसले पाकेको वा पाक्ने बेला भएको फलफूल र तरकारीमा अन्डा पार्छ। अन्डा आँखाले देख्न कठिन हुन्छ।

औंसा कीराको अन्डा करिब २४ घण्टामा फुटेर लार्भा निस्किन्छ। त्यही लार्भाले फलफूलको सतह खान थाल्छ र बिस्तारै भित्र पस्छ। यसरी लार्भा पसेपछि फलफूल कुहिन थाल्छ।

औंसाको लार्भासँगै ब्याक्टेरिया र फंगस पनि भित्र पस्छ। यसले फलफूल झन् छिटो कुहाउँछ। लार्भा वयस्क भएर औंसा कीरामा परिणत भएपछि प्रकोप फैलिन्छ।

उचित संरक्षण, सफाइ, भण्डारले मात्र औंसा कीराको संक्रमणबाट फलफूल जोगाउन सकिन्छ। सेतोपाटीबाट

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO