

जनकपुरधाम, साउन १४ गते ।
पोखरामा स्कुल बस दुर्घटना भएको छ।
पोखरा महानगरपालिका–२१ कुस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको हो।
सोमबार बिहान पोखरा महानगरपालिका- २१ रामदीबाट विद्यार्थी लिएर फर्कँदै गरेको ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भई सडकबाट झन्डै ६० मिटर तल खसेको हो।
दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपाचरको क्रममा ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको हो।
सोही अस्पतालमा ३३ वर्षीय आरती विकको पनि उपचारको क्रममा मृत्यु भएको थियो।
मृतक आरती र प्रिन्स आमा छोरा हुन्।
पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो।
दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।