जनकपुरधाम, साउन १४ गते ।

पोखरामा स्कुल बस दुर्घटना भएको छ।

पोखरा महानगरपालिका–२१ कुस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको हो।

सोमबार बिहान पोखरा महानगरपालिका- २१ रामदीबाट विद्यार्थी लिएर फर्कँदै गरेको ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भई सडकबाट झन्डै ६० मिटर तल खसेको हो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपाचरको क्रममा ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको हो।

सोही अस्पतालमा  ३३ वर्षीय आरती विकको पनि उपचारको क्रममा मृत्यु भएको थियो।

मृतक आरती र प्रिन्स आमा छोरा हुन्।

पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO