जनकपुरधाम, साउन १३ गते ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये १७ जनाको शव परिवार तथा आफन्तले बुझेक छन्।

विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

जहाज दुर्घटनामा गम्भीर घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ ।

साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै सौर्यको जहाज दुर्घटना भएको थियो। १७ जना नेपाली र एक विदेशीको दुर्घटनामा मृत्यु भएको थियो।