

जनकपुरधाम, असार २७ गते ।
ब्लड फर नेपालका संस्थापक सरोज कुमार महतो राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन ।
बुधवार एक समारोहकाबीच युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा उनलाई सम्मान गरिएको हो । गत असार १३ गते मन्त्रालयले महतो सहितका व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको थियो ।
उनलाई प्रदान गरिएको युवा प्रतिभा पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । मन्त्रालयका सचिव सुमनराज आर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महतोलाई खादा लगायई कदरपत्रले सम्मान गरिएको हो ।
महतो लामो समय देखि समाजिक अभियन्ताको रुपमा काम गर्दै आएका छन । महतोले पाएका पुरस्कार राशि बापतको २५ प्रतिशत रकम ब्लड फर नेपाललाई दिने घोषणा समेत गरेका छन ।
‘देशमा विभिन्न अवस्थामा मानिसलाई रगतको आवश्यक्ता परिरहन्छ त्यसलाई पुरा गर्न रगत व्यवस्थापनमा प्रभावकारी काम गर्न जरुरी छ, यसका लागि स्रोतको आवश्यकता पर्छ त्यसैले म पुरस्कार वापतको रकम ब्लड फर नेपाललाई हस्ताक्षरण गर्ने वाचा गर्दछु,’ उनले भने ।
देशमा २ जनालाई रगत आवश्यक पर्दा १ जनालाई मात्रै सहजै उपलब्ध भइरहेको अवस्थामा ब्लड फर नेपालले १ जनाको अभावलाई कम गर्न निरन्तर काम गरिहेको महतोको भनाई छ ।