जनकपुरधाम, असार २६ गते ।
रौतहटको इशनाथ नगरपालिकामा गएराति अज्ञात समूहले पेटमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेका छन् ।
हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२ औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगैंचामा फेला परेको हो ।
‘एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार भएको आशंका रहेको , जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए ।घटनाबारे हिजो राति देखिनै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको एसपी घिमिरेले बताए ।