जनकपुरधाम, असार १० गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको दाबी गरेका छन् ।

जनकपुरधाममा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित ‘समाजवाद र प्रेस स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए । यही जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ । म भन्न चाहन्छु- नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं ।’

उनले बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर त्यसको उजागर गर्ने बताए । मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोजपत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

उनले भने, ‘मिडियाका लागि अहिले विनियोजन गरेको बजेट कम रहेको कुरा आएको छ ‌। थप बजेट पनि उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु ‌।’

उनले आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रवृत्ति अन्त्य गर्ने पनि बताए । ‘अब विगत जस्तो आर्थिक वर्षको अन्तिममा काम हुंदैन् । आर्थिक वर्ष सुरु भएलगत्तै काम थाल्छौं ।’

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO