जनकपुरधाम, जेठ २६ गते ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका –१ तिलाठीमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । तिलाठीस्थित ऊँ श्रृजन कृषि सहकारी संस्था लिमिटेडले संस्थाको तेस्रो वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रममा आयोजना गरिएको थियो ।‌

संस्थाका अध्यक्ष सम्बोध झाले तिलाठीमा २६ बर्षपछि सामुहिक रक्तदान गरिएको बताए । रक्तदान गरिएको स्थान मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहको गाउँ समेत हो । ‘२०५५/०५६ तिर एकटपक सामुहिक रक्तदान गरिएको थियो,’ उनले भने, ‘रक्तदान जिवनदान हो, अहिलेको एक एक बुन्द रक्तले कसैको जिवन बचाउनेछ । मृत्यु मान्छेले रोक्न सक्दैन् तर प्रयास गरेर त्यसलाई यसरी नै टार्न सक्छ ।’

कार्यक्रममा उक्त संस्थाका अध्यक्ष, उपाध्यक्ष कर्मचारी तथा स्थानीयसहित कुल १६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष झाले जनाए ।
रक्तदान गर्नेमा स्थानीय रुपक झा, अभिनव झा, चन्दन साह, अम्बोध झा, रोशन झा, कृष्ण कुमार साह, शक्ति झा, सखडेश्वर झा, हरिनन्दन साह, श्रवण झा, अभिनाश झा, मुकेश यादव रहेको उनले बताए । उनका अनुसार काठमाडौँकी सञ्जना सुर्खेती र कोइलाडीका धर्मेन्द्र कुमार मंडलले पनि रक्तदान गरेका छन् ।
ब्लड फर नेपालकाको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी र तिलाठी पुस्तकालयको सहयोगमा रक्तदान गरिएको हो । ब्लड फर नेपालका संस्थाको तर्फबाट सरोज कुमार महतोको पनि कार्यक्रममा उपस्थिति थियो ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO