जनकपुरधाम, जेठ २४ गते ।

जनमत पार्टीका सांसद सतिशकुमार सिंहलाई मधेश प्रदेशको नयाँ मुख्मयन्त्री बन्ने भएका छन ।

जनमत पार्टीले उनलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको जनमत पार्टीका सचिव बिपी साहले बताए । उनका अनुसार पार्टीबाट समानुपातिक सांसद रहेकी रंजु कुमारी मण्डल खंगलाई तत्काल विना विभागीय राज्यमन्त्री बनाउने तयारी भएको छ ।

मधेश प्रदेशमा पहिले पटक दलित सांसदलाई मन्त्री बनाउन लागिएको हो । आज दिउँसो करिब ११ बजे जनमतका सांसद सिंहले प्रदेश प्रमुखलाई मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरेका छन । जनमत संसदीय दलका नेता महेश प्रसाद यादव भएपनि उनलाई मन्त्री बनाएर सिंहलाई राज्यमन्त्री बनाउन लागिएको हो ।