आकृति महतो

जनकपुरधाम, जेठ २२ गते ।

छोरी जन्मिदा लक्ष्मी प्रवेशको खुशयालीभन्दा कलयुगको दानवसँग सुरक्षित राख्ने तनाव एकातिर
छोरीलाई डाकटर, इन्जिनियर,अथवा वकील बनाउने सपना अर्कोतीर
दाइजो दिएर कसरी छोरीको बिहे गर्ने पनि दबाब समाजमा

म त समाज परिवर्तन गर्ने मान्छे
म त दाइजो विरोधी मान्छे हजुर
तपाईं छोरीलाई जे दिन चाहनुहुन्छ भने दिनु मलाई त केही चाहिँदैन म त दाइजो विरोधी मान्छे हजुर
तपाईंकै छोरीलाई गहनाले भर्न चाहनुहुन्छ भने भर्नुस म त दाइजो विरोधी मान्छे मलाई त केही चाहिँदैन हजुर

तपाईंकै छोरीलाई चढ्न गाडी हुन्छ भने दिनुहोला
मलाई त केही चाहिँदैन
म त दाइजो विरोधी मान्छे हजुर
म त समाज परिवर्तन गर्ने मान्छे

कुरितीलाई मिठासको दबाबले घरिएको हाम्रो समाज
आफ्नो आँखाको ताराको लागि
आकाश खोज्ने क्रममा
बा को त्यो सानो झोपडी ऋणले कतिबेला
रंगीन भयो पतै पाइन

सत्ययुगमा भगवानले बनाउने जोडी
कलयुग दहेजले बनाउँदो रहेछ
समाजमा ए उ ता ठूलो पर्खाल छ
कसैले बुझन नै नखोजेको कुरितीहरुका कयौ राज छन्

औकात भन्दा बढी दाइजो लिएपनि
कतै देखिन्छ चरम हिंसा भने
कतै शरीररीक कतै मानसिक अत्याचारमा नारी
तेरो औकात केहीं छैन सधैं उनलाई याद दिलाउँछन्
उनी चुप चाप सबै सहन्छिन
न कसैलाई सुनाउँछिन् न कसैलाई भन्छिन्
आफ्नो बुवाको समान र समाजको इजत
आफ्नो आँसुले बचाउँछिन्

एकदिन छोरीको आत्महत्याको खबर आउँछ घरमा
यर्थात के छ सबैलाई थाह छ तैपनि चूपी बसेछन् समाज
आफ्नो सारा जीवनको कमाई ती एउटी छोरी
कसरी खेप्छन् ती आमाबुवाले दूखको पहाड

कसैको सारा संसार खोसियो
कोई हत्या गरी खुला हिँड्दैछ
कसैको श्वाँस छुट्टियो
हत्यारा टाउको उचालेर हिददैछन

जब जब न्यायको आशामा उठाउँछन् त्यस्ता लाचार आमाबुवाहरुले आवाज
तब तब आफ्नो शक्तिको दुरुपयोग गरी बन्द गर्छन् कानूनका ती सबै द्वार
जलछु यही मरछु यहीं माइती मण्डलमा
जबसम्म मिल्दैन छोरीहरुलाई न्याय

अन्तिममा हुन्छ न्यायको जीत
जब पाउँछिन् त्यस्ता नारीहरूले न्याय
कानून मात्र पानामा भएर हुँदैन
उठाउँ हाम्रो आवाज हाम्रा छोरी चेलिको लागि
जाग हे समाज जाग
खोलौ यो बन्द आँखा

जसले गर्दा हाम्रा सीता स्वरूप छोरी चली जलिरहेको छन्
यसता कुरितिलाई जरैबाट फालौ
जाग हे समाज जाग
खोलौ यो बन्द आँखा

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO