जनकपुरधाम, जेठ २० गते ।

प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेश प्रदेश श्रमाधान रोजगार मेला” मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

मधेस प्रदेशको जनकपुरधामको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न उक्त मेलामा मिति २०८१ जेठ १९ गते शनिवार करिव तीन हजार पाँच सय र २० गते आईतवार करिव दुई हजार पाँच सय गरी छ हजार भन्दा धेरै व्यक्तिहरुले मेलाको अवलोकन गरेका छन्। दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्ड तर्फ ८० जना गरि जम्मा २४७ जना आवेदकहरुलाई अन्तरवार्ताको लागि आमन्त्रण गरिएको छ ।

मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरु-४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११. बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए ।

नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा भएको मेलाको शनिवार माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल ज्युबाट उदघाटन भएको थियो । त्यस्तै मेलामा माननीय प्रदेश श्रम तथा यातायत मन्त्री बेची लुगेली ज्यूको उपस्थिति रहेको थियो ।

मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरुमा श्रम आप्रवासन र कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सुचनाको असर, मधेशमा महिला उद्यमी संघर्ष विचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भयो । उक्त प्यानल छलफलमा करिव २ हजार जनाको उपस्थिति रहेको थियो ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगंज महानगरपालिका, जनकपुर, कलैया, जीतपुरसीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए । देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका थिए । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका थिए । मेलामा सहयोग पुर्याउने सबैलाई आयोजकका तर्फवाट प्रशंसापत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO