जनकपुरधाम, जेठ १६ गते ।

गृह मन्त्रालयले एकै पटक १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।

विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो ।

जिम्मेवारी हेरफेर भएका सिडिओमध्ये दुईजना मधेश प्रदेशका छन ।

सप्तरीको सिडिओमा मेख बहादुर मंग्राती र सर्लाहीमा गोपालकुमार अधिकारीको सरुवा भएको छ ।

त्यसैगरि कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् ।

को कहाँ पुगे ?