जनकपुरधाम, जेठ १४ गते ।
नेकपा एमाले सहितका चार दलले मधेश प्रदेश सरकारले स्थानीय तहलाई वितरण गरिरहेको सशर्त अनुदानको योजना तथा कार्यक्रम स्थगित गर्न माग गरेको छ ।
नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ससशर्त अनुदान रोक्न माग गरेको हो । अल्पमतमा रहेको सरकारले अनुदान वितरण सँगै अहिले गरिरहेको रकमान्तरको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको चारवटै दलले मुख्यमन्त्रीलाई बुझाएकोपत्रमा उल्लेख छ ।
‘वर्तमान सरकार अल्पतमतमा रहेकोले दिर्घकालिन असर पर्ने खालका निर्णयहरु नर्गन, नगराउन हुन यो ध्यानाकर्षण पत्र पेश गरेका छौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
नयाँ सरकार गठनका लागि एमाले र माओवादी सरकारबाट बाहिरिएपछि मधेश प्रदेश सरकार अहिले अल्पमतमा छ ।