जनकपुरधाम, जेठ १४ गते ।

हतियार सहित सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीकै सुरुङगा नगरपालिका ६ श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङको रुवी भ्याली गाउँपालिका ५ बस्ने ४२ वर्षीय बिच्चबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई ७.६५ एमएम लेखिएको पेस्तोल १ थान, खाली म्याग्जिन १ थान, केएफ ७.६५ लेखिएको राउण्ड (गोली) २ थान, गिफ्ट इन्डष्ट्रिज स्पोर्टस एयर गन कोलकाता लेखिएको एयरगन १ थान, मोबाइल, नेपाली सिम र भारतीय सिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

उनका अनुसार गत शुक्रबार राति करिब पौने १० बजेको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले खडक नगरपालिका ८ भदियामा आकस्मीक चेक जाँच गर्ने क्रममा बोदेबर्साईनबाट बिसनपुर तर्फ आउदै गरेको स ६ प ५९०८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियारसहित उनीहरूलाई पक्राउ गरिएको हो।

सप्तरी जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइहरहेको प्रहरीले जनाएको छ ।