जनकपुरधाम, जेठ १४ गते ।

हतियार सहित सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीकै सुरुङगा नगरपालिका ६ श्रीपुर बस्ने ४५ वर्षीय विशेश्वरप्रसाद साह र धादिङको रुवी भ्याली गाउँपालिका ५ बस्ने ४२ वर्षीय बिच्चबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई ७.६५ एमएम लेखिएको पेस्तोल १ थान, खाली म्याग्जिन १ थान, केएफ ७.६५ लेखिएको राउण्ड (गोली) २ थान, गिफ्ट इन्डष्ट्रिज स्पोर्टस एयर गन कोलकाता लेखिएको एयरगन १ थान, मोबाइल, नेपाली सिम र भारतीय सिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले बताए ।

उनका अनुसार गत शुक्रबार राति करिब पौने १० बजेको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले खडक नगरपालिका ८ भदियामा आकस्मीक चेक जाँच गर्ने क्रममा बोदेबर्साईनबाट बिसनपुर तर्फ आउदै गरेको स ६ प ५९०८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियारसहित उनीहरूलाई पक्राउ गरिएको हो।

सप्तरी जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइहरहेको प्रहरीले जनाएको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO