जनकपुरधाम, जेठ १४ गते ।

मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु भएको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले ७ वटा प्रदेशको १ हजार ३८७ वटा कार्यालयको ३ खर्ब ६० अर्ब ८३ करोड ५६ लाख ८९ हजारको लेखापरीक्षण गर्दा ७ अर्ब ४० करोड ८९ लाख ३६ हजार अर्थात २.०५ प्रतिशत बेरुजु देखिएको हो।

जसमध्ये गत आर्थिक वर्षमा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ आर्थिक अनियमितता भइ बेरुजु देखिएको छ। कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलललाई बुझाएको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार मधेसमा ३.८७ प्रतिशत बेरुजु देखिएको छ। यो सातवटै प्रदेशमध्ये सबैभन्दा बढी हो । जसमा पेस्कीबाहेक बेरुजु प्रतिशत २.९३ रहेको छ ।

मधेस प्रदेशका १४९ वटा कार्यालयको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो। यस्तै, पेस्कीबाहेक मधेसमा कुल १ अर्ब ४० करोड ५६ लाख ७४ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै, महालेखापरीक्षकको प्रतिवेदनअनुसार कोशी प्रदेशमा २.५० प्रतिशत, बागमतीमा १.१५ प्रतिशत, गण्डकीमा १.९५, लुम्बिनीमा १.९५, कर्णालीमा २.५९ प्रतिशत र सुदूरपश्चिममा सबैभन्दा कम ०.९५ प्रतिशत बेरुजु रहेको छ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO