जनकपुरधाम, जेठ १२ गते ।

पोखरीमा डुबेर जनकपुरमा दुईजना बालकको ज्यान गएको छ । जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा नुहाउने क्रममा शनिवार विहान उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार सोही ठाउँ बस्ने ६ वर्षीय शिवनन्दन महतो र आदित्य महतोको मृत्यु भएको हो ।

गर्मी छल्न पोखरीमा नुहाउन हिँडेका दुबैजना केही बेरमै डुबेका थिए । स्थानीयले दुबैजना लाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएका थिए ।

उपचारको क्रममा विहान विहान ११ बजे चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेको डिएसपी अवाको भनाई छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।