दिवेश कुमार महतो

जनकपुरधाम, जेठ ३ गते ।

जनकपुरधामस्थित सेन्ट्रल इन्जिनियरिङ कलेजमा रक्तदान सचेतना कार्यक्रम आयोजना गरिएको हो । ब्लड फर नेपालको आयोजना गरिएको यो कार्यक्रममा कलेज भित्रका डेढ सय विधार्थीहरुको सहभागीता थियो।

यो संस्थाले पछिल्लो केही महिनायता जनकपुरधाममा‌ रगत सचेतना कार्यक्रम गर्दै आएको छ। रक्तदान कसरी गर्ने ,कति बेला गर्ने ,किन गर्ने लगायतका विषयमा विधार्थीहरुलाई ब्लड फर नेपालका सदस्यहरुले प्रशिक्षण दिइरहेका छन् ।

रगतको आवश्यकता, महत्त्व, रक्तदानको फाइदा र यसको विद्यमान अवस्था लगायतका विषयमा केन्द्रित रहेर उनीहरूलाई स्लाइड मार्फत् प्रस्तुतिकरण गरेर प्रशिक्षण दिइरहेको रक्तदान सचेतना कार्यक्रममा ब्लड फर नेपाल ध‌नुषाका सह संयोजक अमित कुमार यादवले बताए ।

उनीसँगै संस्थाका सदस्य विकास साह र सञ्जय साहले समेत विद्यार्थीलाई रगतबारे प्रस्तुती दिएका थिए । विधार्थीहरुलाई राखेर उनीहरुलाई रगत बारे प्राविधिक र व्यवहारिक कुराहरु सलाइड मार्फत बताइएको हो । ‘आऊँ रगतका कुरा गरौ, आऊ रगत का कुरा बुझौ’ भन्ने नारा लिएर धनुषाको विभिन्न ठाउँमा रक्तदान सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ ।

सोही सन्दर्भमा ब्लड फर नेपालले महोत्तरी र धनुषाका सामुदायिक तथा निजि विधालयहरुमा समेत सचेतना कार्यक्रम गरिदै आएको ब्लड फर नेपाल धनुषाका अध्यक्ष अजय अधिकारीले बताए । ब्लड फ़र नेपालले बिग्त ६ बर्ष देखी धनुषा, महोत्तरी लगायत देशका अन्य विभिन्न ठाउँहरु मा बिरामी लाई रगत आवश्यक परेको बेला रगत जुटाऊन र रगत सम्बन्धी सचेतना क्रयाक्रम गर्दै आएको छ ।