जनकपुरधाम, वैशाख २९ गते ।

क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो ।

‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार ‘व्यपार ः हिजो, आज र भोली’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नव शिकारु युवाहरुलाई राखेर छलफल गराइने छन् ।

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि संजय चौधरीले बताए । कला, संस्कृति, व्यपार र स्थानीय उत्पादनलाई प्रर्वधन गर्नको लागि २५ वटा स्टल पनि राखिएको चौधरीले जनाए ।

‘यी स्टलमा युवा व्यवसायी र स्थानीय मौलिक उत्पादनकर्ताहरुको सहभागिता रहनेछन्,’उनले भने,‘उहाँहरुको व्यत्तित्व विकाससँगै हामीले राम्रो व्यपार गर्नको लागि नेटर्वकिङ बनाइदिने काम पनि गर्ने छौं ।’

सांस्कृति कार्यक्रम र मोटिभेसनल स्पीच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताए । दोस्रो दिन चर्चित कमेडियन आर्दश मिश्रा पनि आउने कार्य तालिका रहेको उनले बताए ।

क्षमतावन युवाहरुलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उनको कथन छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा दुई हजारभन्दा बढी युवाहरु जोडेर क्षमता अभिवृद्धि गर्ने उनको विश्वास छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO