जनकपुरधाम, वैशाख २ गते ।

धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।

धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा घटना शंकास्पद लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

शुभको शरिरका विभिन्न भागमा घाउचोट दिएको छ । घटनास्थलमा धनुषाका एसपी भुवनेश्वर तिवारी आफै पुगेर डग टोली समेतको सहयोगमा अनुसन्धान गरिरहेका छन् । डिएसपी अवाका अनुसार एकजनाको मृत्यु भएपछि शुभ माइती गएकी थिइन् ।

उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएपछि परिवारजनले उनको खोजी सुरु गरेको थियो । त्यस क्रममा घर नजिकै रहेको खेतमा आज विहान ९ बजेतीर स्थानीयले उनको शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको र थप कुरा खुल्न बाँकी रहेको डिएसपी अवाको भनाई छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO