जनकपुरधाम, वैशाख २ गते ।

धनुषामा माइती गएकी एक महिलाको हत्या भएको छ । हंसपुर नगरपालिका ७ बस्ने ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको हो ।

धनुषाकै सहिदनगर नगरपालिका ४ ननुपट्टी स्थित गहुँ खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा घटना शंकास्पद लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

शुभको शरिरका विभिन्न भागमा घाउचोट दिएको छ । घटनास्थलमा धनुषाका एसपी भुवनेश्वर तिवारी आफै पुगेर डग टोली समेतको सहयोगमा अनुसन्धान गरिरहेका छन् । डिएसपी अवाका अनुसार एकजनाको मृत्यु भएपछि शुभ माइती गएकी थिइन् ।

उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन भएपछि परिवारजनले उनको खोजी सुरु गरेको थियो । त्यस क्रममा घर नजिकै रहेको खेतमा आज विहान ९ बजेतीर स्थानीयले उनको शव देखेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको र थप कुरा खुल्न बाँकी रहेको डिएसपी अवाको भनाई छ ।