जनकपुरधाम, चैत २९ गते ।
अगामी बैशाख २० गतेदेखि जनकपुमा अन्तर प्रदेश क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा अन्तर क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको मन्त्री सुरीताकुमारी साहले जानकारी दिइन् ।
बैशाख २० गतेदेखि हुने अन्तर प्रदेश टी २० क्रिकेट प्रतियोगिता बैशाख २९ गतेसम्म हुने बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जानकारी दिइन् ।
क्रिकेट प्रतियोगितामा ७ प्रदेश र एक आयोजक टिम गरि कुल ८ वटा टिम सहभागी हुनेछ । जनकपुरधामस्थित निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालामा प्रदेश सरकारको आयोजनामा हुने प्रतियोगिताको संयोजन सहिद कप क्रिकेट कमिटीले गरेको छ भने सहकार्य मधेस क्रिकेट संघ र नेपाल क्रिकेट संघले गरेको हो ।
क्रिकेट प्रतियोगितामा कुल ३७ लाख खर्च हुने अनुमान गरिएकोमा ३० लाख प्रदेश सरकारले दिने मन्त्री साहले बताईन् ।