जनकपुरधाम, चैत २७ गते ।
महोत्तरीको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ ।
मटिहानी नगरपालिका–८ स्थित मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।
सोमवार राति १० बजेतीर भएको उक्त आगलागीमा ३५ लाख रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ।
आगो मटिहानी नगरपालिकाको वारुण यन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहयोगमा निभाइए थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।