जनकपुरधाम, चैत २३ गते ।
यौन दुव्र्यवहार र बलात्कार समबन्धी ग्रामीन विद्यालयमा पढ्ने छात्रछात्राले के बुझ्दा रहेछन् भन्ने थाहा पाउन केही समयअघि धनुषाको बटेश्वर गाउँपालिका स्थित रहेको एक विद्यालयमा हामी पुग्यौँ । त्यहाँ १० कक्षामा पढ्ने करिब एक दर्जन विद्यार्थीसँग कुराकानी गर्दा अधिकांसले सहमती बेगर हुने यौनसम्बन्ध मात्र बलात्कार र यौनदुव्र्यवहार भएको बुझेका रहेछन् ।
गलत छुवाई, छात्रा एवं महिला उपर हुने अश्लिल टिप्पणी लगायतलाई उनीहरु समान्य घटना मात्र बुझ्छन् । किनकी यौन दुव्र्यवहार र बलात्कार समबन्धी विद्यालयमा किताबमा लेखिएका बाहेक न केही पढाई हुन्छ न घरमै यसबारे छलफल हुन्छ । बिनु सिंह (नाम परिवर्तन) लाई गाउँमा बलात्कार र यौन दुव्र्यवहारका घटना समान्य भइसकेको लाग्छ । किनभने यस्ता घटना उनी दिनदिनै देखिरहन्छिन् । झण्डै एक वर्षअघिको कुरा हो । उनको १६ वर्षीया साथीमाथि बलात्कार भयो ।
तर यो घटना प्रहरी कार्यालयमा पुगेन् । कानुनी रुपमा पीडितलाई न्याय दिलाउन न परिवारले प्रयास गर्यो न समाजले अनुमती दियो । भरभलादमी भनाउँदाले गाउँमै पञ्चायती गरेर घटना थामथुम पारिदिए ।
‘११ हजार जरिवाना भयो भयो अनि ती केटालाई छोडदियो । त्यसपछि उनी अहिले पढाई नै छोडेकी छन् । घर परिवारले स्कुल आउन दिएको छैन्,’ उनले भनिन्, ‘कसैले प्रहरी पनि बोलाएन् । बदनाम हुने डरले होला गार्जियनले पनि बलात्कारीलाई नै साथ दिए ।’ १० कक्षामै पढ्ने हेमन्त (नाम परिवर्तन) बलात्कृत भनिएकी ती छात्राकी छिमेकी पनि हुन् । उनका अनुसार ती छात्राकी काकाले आपत्तिजनक अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेका थिए । बिहेको प्रलोभन देखाएर बटेश्वर गाउँपालिका—३ का पुरुषले बलात्कार गरेको उनको भनाई छ ।
‘गाउँलेले पक्रेपछि केटीसँग बिहे नै गर्छु भन्यो । पत्ता लगाउँदैजाँदा त्यो केटाले दुईवटा बिहे पहिल्यै गरिसकेको थाहा भयो । गाउँमै मिलाउने भनेर कसैले प्रहरीलाई फोन गरेन्,’ हेमन्तले भने । बिनुले बलात्कार र यौन दुव्र्यवहारका यस्ता कैयन घटना देखिसकेकी छन् । झण्डै दुई वर्षअघि उनको गाउँमा एकजना महिलामाथि यौन दुव्र्यवहार भयो । ती महिला बटेश्वर प्रहरी चौकीमा उजुरी दिइन् । तर त्यो घटना पनि पछि गाउँसमाजकै मान्छेले पञ्चायती गरेर मिलाइदिए । ‘महिला राम्रो बोल्न नसक्ने खालकी थिइन् । चौकीमै पञ्चायती भयो । केटाले माफी माग्यो । कारबाही केही भएन् । पुलिसले पैसा खाएर घटना मिलाइदिन्छ । अलि कम जान्नेमाथि बलात्कार हुँदा पनि यहाँ केही फरक पर्दैन,’ उनले थपिन् ।
१० कक्षाकी गती श्रेष्ठ (नाम परिवर्तन)आफैँ पनि यौन दुव्र्यवहारमा परि सकेकी छन् । ९ वर्षको उमेरमा घर छेउमै काम गर्ने चिनजानका व्यक्तिले दुव्र्यवहार गरेको उनलाई सम्झना छ । आमाले दिएको समान अंकल बोलाउने ती व्यक्ति बस्ने कोठाबाट अञ्जली आफ्नी अर्की साथीसँगै ल्याउन गएकी थिइन् । तीन छोराछोरीका बुवा समेत रहेका ती पुरुषको उनको घरपरिवारसँग पनि राम्रै समबन्ध थियो ।
‘आधा घण्टासम्म उहाँले हामीलाई टोलाएर राख्नुभयो । एक्कासी ढोका लगाएर हामीलाई छातीमा नराम्ररी छुन थालेपछि हामीले आत्तिदै छोड्नुस, घर जानदिनुस भनेर चिच्याएपछि मात्र छोडे,’ उनले सुनाइन्, ‘हामीले घर फर्किदा पनि कसैलाई भनिनौँ । तिमीहरु आफै चुमचुम गर्छस, बाहिर जान्छस । त्यस्ता मान्छेले त्यस्तो गरिहाल्छ नि, नराम्रो बोलिहाल्छ भन्लान भनेर ।’
त्यतीबेला उनले यस्ता घटना र दुव्र्यवहारबारे जानेकी थिइनन् । कसैले सिकाएकै थिएनन् । तर अहिलेको उमेरमा भएको भए ती परुषलाई सजय दिलाउन सक्थे लाग्छ अञ्जलीलाई । यद्दपी पीडितले अझैपनि न्याय नपाइरहेको उनको भनाई छ । केहीदिनअघि जाँड रक्सी खाएर दिनहूँ श्रीमतीलाई कुट्नेलाई प्रहरीले पक्रेर लगे । तर साँझतीर यतिकै छोडदिए । ‘यहाँ यौन दुव्र्यवहार महिलामाथि अन्याय हुँदा न्याय पाइँदैन् । प्रहरीमाथि मलाई एक रत्ति विश्वास छैन् । घुस दिएपछि केही गर्दैनन् । सबैको जिन्दगी हो राम्ररी बाँच्न पाउनुपर्छ तर बुझ्ने कोही छैनन् । झन नेताहरुले पनि गलत गर्नेलाई छुटाउन बढी नै चासो लिन्छन् । नबुझ्ने गरिबसँग बढी यौन दुव्र्यवहारका घटना हुन्छन् हाम्रो गाउँसमाजमा,’उनले थपिन् ।
हेमन्तले त झण्डै दुई वर्ष अघि आफ्नै गाउँमा सामुहिक बलात्कारको नियतले एक किशोरीलाई लगिरहेको युवकलाई गाउँलले पक्रेर विवाह नै गराइदिएको सुनाए । ‘महोत्तरीको केटी थिए र छिमेकी गाउँ कुसुमबिसौनाका केटा । सामुहिक बलात्कार गर्ने योजनामा केटाहरुले लोभमा फसाएर रातारात लाँदैथिए । तीनजना केटा २२ वर्ष माथिका थिजए र केटी १७ वर्षकी । अरु केटाहरु त भागे । पछि गाउँलेले समातेका एकजना केटासँग त्यो केटीको विहे गराइदिए,’ उनले थपे ।
अर्चना कुमारीले स्कुल र कोचिंगमा पनि आफुलाई असुक्षित ठान्छिन् । कक्षाकै केटाहरुले उनका साथीलाई करिब एक महिनाअघि यौन दुव्र्यवहार गरेको घटनाले उनलाई पिरोलिरहन्छ । ‘मेरी साथीलाई नराम्ररी छोइदिने, नराम्रो शब्दहरु भनिदिने गरेका थिए । केटालाई सरले एकदिन कुटेर छोडदिनुभयो । कोचिंग पढ्न जाँदा अझै त्यस्तै गरिरहन्छन् । आमाबुवालाई भन्दा राम्रोसँग बस तिमीलाई केही हुन्न भन्नुहुन्छ हामी के गर्ने ? केटीले केही गर्नै सक्दैन,’ उनले गुनासो गरिन् । करुणाको घरपरिवारमा यौन दुव्र्यवहारका घटनाबारे अलिअलि मात्र कुरा हुन थालेछन् । ‘समाजमा यसबारेमा कुरै हुँदैन । घरमा अरुसँग हुँदैन आमाले मात्र भन्नुहुन्छ केटाहरुसँग फँस्नु हुँदैन, गलत काम नर्गन भन्नुहुन्छ,’ उनी भन्छिन् ।
१० कक्षाकै बरुणा कुमारी सिंह (नाम परिवर्तन) ले झण्डै दुई वर्षअघि ठूला बडाबाट बलात्कारका घटनाहरुबारे सुनेकी थिइन् । केहीपछि आफैले टिभीमा त्यस्तो घटना भएको समाचार हेरिन् । ‘१० वर्षीया छात्रालाई शिक्षकले बलात्कार गरेको समाचार हेर्दा मलाई मारदिन मनलागेको थियो । त्यस्ता नरपिचास जस्ता मान्छे नभएकै राम्रो हुन्थ्यो लाग्छ,’ उनले थपिन् ।
यस्तै घटनाहरु देखेर करुणालाई एक्लै घरबाट बजार र मेलाठेला कहीँ जान दिँदैनन् परिवारले । अञ्जना कुमारी महतो (नाम परिवर्तन) ले घर परिवार समाज र विद्यालयमा यौन दुव्र्यवहारका विषयमा छलफल नहुँदा यस्ता धेरै घटना बाहिर आउन नसकेको लाग्छ । ‘यौन दुव्र्यवहारको बारेमा स्वास्थय र जनसंख्या विषयमा अलिअलि पढाई हुन्छ, जति कितामा लेखिएका हुन्छ त्यतीमात्र हामीलाई थाहा छ,’ उनले भनिन्, ‘यौन दुव्र्यवहार समबन्धी परिवारमा कसैले कुरै गर्दैनन् । हामीलाई त्यस्ता कुरा सुन्न पनि दिँदैन् । घटना भएपनि हामीले त्यस्ता घटनामा प्रहरी आएको देखेको छैन् । समाजमै मिल्छ । प्रहरीमा गएपनि पैसा खाएर मिल्न भनदिन्छन ।’
१८ वर्ष मुनिका किशोरीलाई सहमतैमै यौनसम्बन्ध राख्दा पनि बलात्कार हुने सुनेपछि अरबिन्द कुमार छक्क परे । ‘हामीलाई सहमती बेगर असुरक्षित यौनसम्पर्क गर्नु मात्र बलात्कार हो पढाएका छन् । नराम्ररी छुँदा, अरु गलत काम गर्दा पनि यौन दुव्र्यवहार हो र सजाय हुन्छ हामीलाई थाहा छैन,’ उनले भने, ‘गाउँमा सधैँ यस्ता घटना पञ्चायतीबाटै मिलाउने गरेकाले पनि कडा कानुन लाग्ने कुराहरु हामीलाई थाहा छैन् ।’