जनकपुरधाम, चैत २३ गते ।

यौन दुव्र्यवहार र बलात्कार समबन्धी ग्रामीन विद्यालयमा पढ्ने छात्रछात्राले के बुझ्दा रहेछन् भन्ने थाहा पाउन केही समयअघि धनुषाको बटेश्वर गाउँपालिका स्थित रहेको एक विद्यालयमा हामी पुग्यौँ । त्यहाँ १० कक्षामा पढ्ने करिब एक दर्जन विद्यार्थीसँग कुराकानी गर्दा अधिकांसले सहमती बेगर हुने यौनसम्बन्ध मात्र बलात्कार र यौनदुव्र्यवहार भएको बुझेका रहेछन् ।

गलत छुवाई, छात्रा एवं महिला उपर हुने अश्लिल टिप्पणी लगायतलाई उनीहरु समान्य घटना मात्र बुझ्छन् । किनकी यौन दुव्र्यवहार र बलात्कार समबन्धी विद्यालयमा किताबमा लेखिएका बाहेक न केही पढाई हुन्छ न घरमै यसबारे छलफल हुन्छ । बिनु सिंह (नाम परिवर्तन) लाई गाउँमा बलात्कार र यौन दुव्र्यवहारका घटना समान्य भइसकेको लाग्छ । किनभने यस्ता घटना उनी दिनदिनै देखिरहन्छिन् । झण्डै एक वर्षअघिको कुरा हो । उनको १६ वर्षीया साथीमाथि बलात्कार भयो ।
तर यो घटना प्रहरी कार्यालयमा पुगेन् । कानुनी रुपमा पीडितलाई न्याय दिलाउन न परिवारले प्रयास गर्यो न समाजले अनुमती दियो । भरभलादमी भनाउँदाले गाउँमै पञ्चायती गरेर घटना थामथुम पारिदिए ।

‘११ हजार जरिवाना भयो भयो अनि ती केटालाई छोडदियो । त्यसपछि उनी अहिले पढाई नै छोडेकी छन् । घर परिवारले स्कुल आउन दिएको छैन्,’ उनले भनिन्, ‘कसैले प्रहरी पनि बोलाएन् । बदनाम हुने डरले होला गार्जियनले पनि बलात्कारीलाई नै साथ दिए ।’ १० कक्षामै पढ्ने हेमन्त (नाम परिवर्तन) बलात्कृत भनिएकी ती छात्राकी छिमेकी पनि हुन् । उनका अनुसार ती छात्राकी काकाले आपत्तिजनक अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेका थिए । बिहेको प्रलोभन देखाएर बटेश्वर गाउँपालिका—३ का पुरुषले बलात्कार गरेको उनको भनाई छ ।

‘गाउँलेले पक्रेपछि केटीसँग बिहे नै गर्छु भन्यो । पत्ता लगाउँदैजाँदा त्यो केटाले दुईवटा बिहे पहिल्यै गरिसकेको थाहा भयो । गाउँमै मिलाउने भनेर कसैले प्रहरीलाई फोन गरेन्,’ हेमन्तले भने । बिनुले बलात्कार र यौन दुव्र्यवहारका यस्ता कैयन घटना देखिसकेकी छन् । झण्डै दुई वर्षअघि उनको गाउँमा एकजना महिलामाथि यौन दुव्र्यवहार भयो । ती महिला बटेश्वर प्रहरी चौकीमा उजुरी दिइन् । तर त्यो घटना पनि पछि गाउँसमाजकै मान्छेले पञ्चायती गरेर मिलाइदिए । ‘महिला राम्रो बोल्न नसक्ने खालकी थिइन् । चौकीमै पञ्चायती भयो । केटाले माफी माग्यो । कारबाही केही भएन् । पुलिसले पैसा खाएर घटना मिलाइदिन्छ । अलि कम जान्नेमाथि बलात्कार हुँदा पनि यहाँ केही फरक पर्दैन,’ उनले थपिन् ।

१० कक्षाकी गती श्रेष्ठ (नाम परिवर्तन)आफैँ पनि यौन दुव्र्यवहारमा परि सकेकी छन् । ९ वर्षको उमेरमा घर छेउमै काम गर्ने चिनजानका व्यक्तिले दुव्र्यवहार गरेको उनलाई सम्झना छ । आमाले दिएको समान अंकल बोलाउने ती व्यक्ति बस्ने कोठाबाट अञ्जली आफ्नी अर्की साथीसँगै ल्याउन गएकी थिइन् । तीन छोराछोरीका बुवा समेत रहेका ती पुरुषको उनको घरपरिवारसँग पनि राम्रै समबन्ध थियो ।

‘आधा घण्टासम्म उहाँले हामीलाई टोलाएर राख्नुभयो । एक्कासी ढोका लगाएर हामीलाई छातीमा नराम्ररी छुन थालेपछि हामीले आत्तिदै छोड्नुस, घर जानदिनुस भनेर चिच्याएपछि मात्र छोडे,’ उनले सुनाइन्, ‘हामीले घर फर्किदा पनि कसैलाई भनिनौँ । तिमीहरु आफै चुमचुम गर्छस, बाहिर जान्छस । त्यस्ता मान्छेले त्यस्तो गरिहाल्छ नि, नराम्रो बोलिहाल्छ भन्लान भनेर ।’

त्यतीबेला उनले यस्ता घटना र दुव्र्यवहारबारे जानेकी थिइनन् । कसैले सिकाएकै थिएनन् । तर अहिलेको उमेरमा भएको भए ती परुषलाई सजय दिलाउन सक्थे लाग्छ अञ्जलीलाई । यद्दपी पीडितले अझैपनि न्याय नपाइरहेको उनको भनाई छ । केहीदिनअघि जाँड रक्सी खाएर दिनहूँ श्रीमतीलाई कुट्नेलाई प्रहरीले पक्रेर लगे । तर साँझतीर यतिकै छोडदिए । ‘यहाँ यौन दुव्र्यवहार महिलामाथि अन्याय हुँदा न्याय पाइँदैन् । प्रहरीमाथि मलाई एक रत्ति विश्वास छैन् । घुस दिएपछि केही गर्दैनन् । सबैको जिन्दगी हो राम्ररी बाँच्न पाउनुपर्छ तर बुझ्ने कोही छैनन् । झन नेताहरुले पनि गलत गर्नेलाई छुटाउन बढी नै चासो लिन्छन् । नबुझ्ने गरिबसँग बढी यौन दुव्र्यवहारका घटना हुन्छन् हाम्रो गाउँसमाजमा,’उनले थपिन् ।

हेमन्तले त झण्डै दुई वर्ष अघि आफ्नै गाउँमा सामुहिक बलात्कारको नियतले एक किशोरीलाई लगिरहेको युवकलाई गाउँलले पक्रेर विवाह नै गराइदिएको सुनाए । ‘महोत्तरीको केटी थिए र छिमेकी गाउँ कुसुमबिसौनाका केटा । सामुहिक बलात्कार गर्ने योजनामा केटाहरुले लोभमा फसाएर रातारात लाँदैथिए । तीनजना केटा २२ वर्ष माथिका थिजए र केटी १७ वर्षकी । अरु केटाहरु त भागे । पछि गाउँलेले समातेका एकजना केटासँग त्यो केटीको विहे गराइदिए,’ उनले थपे ।
अर्चना कुमारीले स्कुल र कोचिंगमा पनि आफुलाई असुक्षित ठान्छिन् । कक्षाकै केटाहरुले उनका साथीलाई करिब एक महिनाअघि यौन दुव्र्यवहार गरेको घटनाले उनलाई पिरोलिरहन्छ । ‘मेरी साथीलाई नराम्ररी छोइदिने, नराम्रो शब्दहरु भनिदिने गरेका थिए । केटालाई सरले एकदिन कुटेर छोडदिनुभयो । कोचिंग पढ्न जाँदा अझै त्यस्तै गरिरहन्छन् । आमाबुवालाई भन्दा राम्रोसँग बस तिमीलाई केही हुन्न भन्नुहुन्छ हामी के गर्ने ? केटीले केही गर्नै सक्दैन,’ उनले गुनासो गरिन् । करुणाको घरपरिवारमा यौन दुव्र्यवहारका घटनाबारे अलिअलि मात्र कुरा हुन थालेछन् । ‘समाजमा यसबारेमा कुरै हुँदैन । घरमा अरुसँग हुँदैन आमाले मात्र भन्नुहुन्छ केटाहरुसँग फँस्नु हुँदैन, गलत काम नर्गन भन्नुहुन्छ,’ उनी भन्छिन् ।

१० कक्षाकै बरुणा कुमारी सिंह (नाम परिवर्तन) ले झण्डै दुई वर्षअघि ठूला बडाबाट बलात्कारका घटनाहरुबारे सुनेकी थिइन् । केहीपछि आफैले टिभीमा त्यस्तो घटना भएको समाचार हेरिन् । ‘१० वर्षीया छात्रालाई शिक्षकले बलात्कार गरेको समाचार हेर्दा मलाई मारदिन मनलागेको थियो । त्यस्ता नरपिचास जस्ता मान्छे नभएकै राम्रो हुन्थ्यो लाग्छ,’ उनले थपिन् ।

यस्तै घटनाहरु देखेर करुणालाई एक्लै घरबाट बजार र मेलाठेला कहीँ जान दिँदैनन् परिवारले । अञ्जना कुमारी महतो (नाम परिवर्तन) ले घर परिवार समाज र विद्यालयमा यौन दुव्र्यवहारका विषयमा छलफल नहुँदा यस्ता धेरै घटना बाहिर आउन नसकेको लाग्छ । ‘यौन दुव्र्यवहारको बारेमा स्वास्थय र जनसंख्या विषयमा अलिअलि पढाई हुन्छ, जति कितामा लेखिएका हुन्छ त्यतीमात्र हामीलाई थाहा छ,’ उनले भनिन्, ‘यौन दुव्र्यवहार समबन्धी परिवारमा कसैले कुरै गर्दैनन् । हामीलाई त्यस्ता कुरा सुन्न पनि दिँदैन् । घटना भएपनि हामीले त्यस्ता घटनामा प्रहरी आएको देखेको छैन् । समाजमै मिल्छ । प्रहरीमा गएपनि पैसा खाएर मिल्न भनदिन्छन ।’

१८ वर्ष मुनिका किशोरीलाई सहमतैमै यौनसम्बन्ध राख्दा पनि बलात्कार हुने सुनेपछि अरबिन्द कुमार छक्क परे । ‘हामीलाई सहमती बेगर असुरक्षित यौनसम्पर्क गर्नु मात्र बलात्कार हो पढाएका छन् । नराम्ररी छुँदा, अरु गलत काम गर्दा पनि यौन दुव्र्यवहार हो र सजाय हुन्छ हामीलाई थाहा छैन,’ उनले भने, ‘गाउँमा सधैँ यस्ता घटना पञ्चायतीबाटै मिलाउने गरेकाले पनि कडा कानुन लाग्ने कुराहरु हामीलाई थाहा छैन् ।’

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO