जनकपुरधाम, चैत १८ गते ।

शहिदनगर नगपालिका शिक्षा शाखामा लगाइएको ताला फुटाइएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उमेश निरालाले शिक्षा शाखा प्रमुख परिवर्तनको माग गर्दै लगाएको ताला आइतबार खोलिएको हो ।

नगर शिक्षा शिक्षा समितिको संयोजकबाट निरालालाई हटाएपछि निरालाले शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जम्मेवारीबाट हटाउनु पर्ने माग गर्दै फागुन १६ गते शिक्षा शाखामा ताला लगाएका थिए ।

लामो समय सम्म तालबन्दी हुदा नगरपालिकाको शिक्षाको काम प्रभावित भएपछि ताला खोलिएको हो ।

एसइइ परीक्षा र नगरपालिकाको शिक्षा सम्बन्धि काम गर्न अनाधिकृत रुपमा लगाइएको ताला फोडने नगरपालिकाले निर्णय गरेको छ ।