महाजन यादव

नेपालमा देशको भुगोलको आधारमा होली लगायतका अन्य सांस्कृतिक पर्वहरुमा दिइने विदाहरुले क्षेत्रीय विभाजनको अंकुरण गरेको छ । यो समस्या अहिले मात्रै देखिएको होइन् । विगतमा पनि देखिएको थियो र भविष्यमा समेत देखिने करिब करिब निश्चित छ । त्यसैलले यसको समाधान गर्न जरुरी छ । पर्वमा दिइने विदाले क्षेत्रीय विभाजनको अंकुरण हुने समस्या र तीनका समाधानहरु मैले यस प्रकारले देखेको छु ।

समस्याहरु :

(१) हालको व्यस्था अनुसार पहाडी क्षेत्रमा दिइने विदाको भोलि पल्ट तराई-मधेस क्षेत्रमा विदा दिने चलन छ। यसले संस्कृतिको आधारमा देशको भुगोल बाँड्छ।

(२) यस्तो फरक देखिनुको कारण के देखिन्छ भने पहाडमा फागु पुर्णिामाका दिन नै होली मनाइन्छ । जबकी तराई-मधेसमा फागु पुर्णिको दिन बेलुकी होलिका दहन गरेर भोलिपल्ट होली मनाउने चलन छ ।

(३) मानिसले आफ्नो भुगोल परिवर्तन त गर्छ तर धर्म संस्कृति परिवर्तन गर्दैनन्। जहाँ जान्छन् त्यहाँ आफ्ना पर्व तिहार मनाउँछन् । त्यसैले पहाडी क्षेत्रमा मधेसी एवं तराईबासीलाई र तराई-मधेसमा पहाडी समुदायलाई यस्ता पर्वहरु मनाउन अप्ठ्यारो पर्छ। यसले समाजिक एकतामा कमजोरी ल्याउँछ।

(४) जनकपुरधाम जस्तो तिर्थस्थलमा होली मनाउने दिनको निर्धारण ३ वटा सुत्रले निर्धारण गर्छ। (क) फागु पुर्णिामा, (ख) १५ दिने वृहत् परिक्रमा, (ग) मंगलबार दिन। यसपालीको होली जनकपुरधाममा धेरैजसोले बुधवारका दिन मनाउनेछन् जबकी पहाडमा आईतबारै मनाइयो । तराई मधेसमा जनकपुर बाहेक अन्य क्षेत्रमा सोमबारकै दिन होली मनाइयो । यस्तो अवस्थामा जनकपुरधामाबासिले कुनै विदा पाएनन्।

यी समस्या समाधानको उपायहरु :

(१) संघीय सरकारले यस्ता पर्वहरुमा क्षेत्र उल्लेख नगरी कि त दुई दिने राष्ट्रिय विदा दिनुपर्छ वा प्रदेश सरकारसंग संयोजन गरि विदा कलेन्डर मिलाउनुपर्छ ।
(२) जनकपुरधाम जस्तो धार्मिक तिर्थस्थलमा स्थानीय पालिकालाई केही विदाको अधिकार दिनुपर्छ।

(स्तम्भकार यादव जसपाका नेता हुन् ।)

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO