दिवेश कुमार महतो

जनकपुरधाम, चैत १३ गते ।

मुस्लिम सामुदायबाट थोरै महिला छिन् जो घरबाट बाहिर निस्किने मौका पाउँछिन् । पीतृसत्तात्मक परिवार एवं समाजका अनेक ताना सुनेर हँसियाको धारमा कदम राखेझैं आफ्नो पाइला अघि बढाएकी पात्रमध्येका एक हुन्, फाएजा फहमिदा । महोत्तरीको सम्सी गाउँपालिकामा जन्मेकी उनी पत्रकारितामा छुट्टै पहिचान बनाउन अग्रसर छिन् ।

आइतबार जनकपुरधाममा नुसानले आयोजना गरेको एक कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाउँदा उनको अनुहारमा खुशीयाली र भावुकता एकसाथ झल्किरहेको थियो । सुरुवाती शिक्षा उनले मदरसाबाट पाइन् । तर उनकी आमाले छोरीको पाइला शिखर चुमेको हेर्न चाहिन्थन् । समाजबाट कैयन टिकाटिप्पणी सुन्दै उनकी आमाले उनलाई स्कुल पठाइन् । पछि परिवारसँगै उनी जनकपुर बस्न थालिन् ।

पढ्न जाँदा उनले लगाएको पहिरणमै समाजले टिप्पणी गर्न थाले । तर केही गरेर देखाउने अठोट लिएर अघि बढेकी उनले ती सबै टिप्पणीलाई अनदेखा गरी अघि बढिन् । पढाइ र व्यवहारले मोहित गरेपछि फाएजाकी परिवार उनको साथमा उभिए । कसैको परबाह नगरी उनी पढाइमा मिहिनेत गर्न थालिन् ।

‘मलाई केही बन्ने रहर जाग्यो । पत्रकारितामा ग्ल्यामर देखेर पनि म यो पेशामा आकर्षित भएँ । तर जति सजिलो सोचेको थिएँ त्यती रहेनछ । धेरै मिहिनेत गर्नुपर्दो रहेछ यो पेशामा । म संघर्ष गरिरहेकी छु । एकदिन पक्कै राम्रो पत्रकारको रुपमा गनिनेछु,’ उनले भनिन्, ‘पत्रकारितामा कदम राखिसकेपछि पनि मलाई थाहा थिएन् यो समाजले यो पेशालाई नकरात्मक भावनाले हेर्दो रहेछ । झन महिलाले यो पेशा अंगाल्दा त उनको चरित्रमाथि नै जज गर्ने बिडम्बना देखे ।’

काम गर्ने क्रममा समाजका कैयन व्यक्तिले परिवारका सदस्यलाई आफ्नो बारेमा समेत नकरात्मक कुरा बताएको देखेर हैरान भएको उनले सुनाइन् । ‘घरबाट निस्केर रिपोटिङ गर्नु मेरो लागि सहज थिएन् । बाहिर निस्केपछि तिम्रो छोरीलाई फलानोसँग बोलेको देखे, मोटरसाइकल चढेर घुमेको देखे जस्ता कुराहरु मेरो घर पुग्न थाल्यो,’ फाएजाले थपिन्, ‘तर मैले अठोट छाडिन र हिम्मत हारिन् । आमाबुवाले पनि साथ दिनुभयो । मेरो हौसला बढाउनुभयो । म इमान्दारिताका साथ आफ्नो लक्ष्यतर्फ अघि बढेकी छु ।’

संघर्षकै कथा सुनाएकी समाजिक अभियन्ता सुभद्रा आलेले आफ्ना दुःखका दिन सम्झिदा भावुक हुन्छिन् । तीन दशक अघिको कुरा हो, जतिबेला महिलालाई घरबाटै बाहिर निस्किन बन्देज लगाइन्थ्यो । त्यसबेला सुभद्रा आलेले समाजिक विद्रोह गरिन् । दुईजना छोराछोरी जन्मिसकेपछि उनी प्रहरी सेवामा प्रवेश गरिन् । उनी जागिर गर्न निस्किदा समाजमा अनैकौं टिप्पणी सुरु भयो तर उनकी श्रीमानले भने कसैको परबाह नगरी साथ दिए । कामको शिलशिलामा पनि उनले कम्ता चुनौतीको सामना गरिनन् ।

पुरुष प्रधान समाज र प्रहरी संगठनमा उनी कानुनले प्रत्याभुत गरेको महिलाको हक र अधिकारका लागि लडिन् । पछि अवकाश प्राप्त गरिसकेपछि सुभद्रा महिला अधिकार रक्षक संजालधनुषामा आवद्ध भएर काम गर्न थालिन् । अहिले उनी जिल्ला प्रहरी कार्यालय धनुषामा महिला सेलमा समन्वयकर्ताको भूमिकामा काम गरिरहेकी छिन् ।

‘महिला सेलमा मैथिली बुझ्ने र बोल्ने कर्माचारीको अभाव छ । मधेसी महिलाहरु प्रहरी प्रशासन मा थौरै लागेका छन् । पहिले धेरै गाह्रो थियो प्रहरी प्रशासनमा छिर्न । अहिलेका भाइबहिनीलाई स्वच्छोले जानसक्ने वातावरण छ,’ उनले भनिन् ।
कार्यक्रममा सहभागी अर्की वक्ता ओरेक नेपालकी धनुषा संयोजक बिना सिंहले महिलाहरु हरेक क्षेत्रमा सहभागी भएतापनि नेतृत्वपंक्ति सम्म नपुग्नुको मुख्य कारण पितृसत्तात्मक सोच रहेको उल्लेख गरिन् ।

‘मेरो जन्म भएदेखि नै विभेदको सामना गर्नुपर्यो । म काली भएर सबैले मलाई सुन्दर भनेर सम्बोधन गर्थे,’ आफ्ना संघर्षको कथा सुनाउँदै उनले भनिन्, ‘पछि मेरो बुवाले मेरो नाम विना राखदिनुभयो । मलाई यो पेशामा आबद्ध भएपछि घरको मानिस भन्दा गाउँका मानिसले धेरै तनाव दिन थाले । बुवालाई जहिले नि तेरो कालो छोरीको विवाह कसरी हुन्छ भनेर प्रश्न गरिन्थ्यो । लाग्थयो मेरो बुवाभन्दा पनि गाउँका मान्छेहरूलाई मेरो बिहेको टेन्सन थियो।’
बर्दिबास नगरपालिकास्थि पशुपतिनगरमा जन्मेकी उनको विवाह जनकपुरको सोनापडामा भयो । तर विवाहपछि पनि उनले कम्ता संघर्ष गर्नु परेन् ।
काम गर्दै जाँदा कैयन पटक प्रहरी कार्यालयमा दुर्व्यवहार सहनु परेको उनले बताइन् ।

‘छोरीले काम गर्न सक्छ र भनेर प्रश्न आउँछन। म एकछिन सोच्न बाध्य हुन्छु । राज्य संयन्त्र पुरुषवादी र पितृसत्तात्मक सोचले महिलाहरुको हक अधिकार पुरुषले मात्र हैन संविधानले पनि कुण्ठाएको छ,’ उनले थपिन् ।

अङ्ग्रेजी विषयकी शिक्षक समेत रहेकी नुसानका सदस्य आस्था कुमारी चौधरीले महिलाहरू सङ्घर्षील प्रवृतिले मात्रै यहाँसम्म आइपुगेको बताइन् ।
‘महिलालाई गाउँघरबाट निस्कन समेत धेरै ग्राहो छ । पढ्नु त पहिले टाढाको कुरा थियो। ठुलो भयो कि बिहे गर्नुपर्छ भनेर कुरा आउन थाल्छन्। चुनौती त छँदैछ, काम गर्ने मानिसको टिकाटिप्पणी आउनु स्वाभाविक नै हो। त्यसको धेरै परबाह गर्नु हुँदैन बस आफु ठिक हुनुपर्छ,’ उनले थपिन् ।

< LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LINK ALTERNATIF LAKUTOTO RTP LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LINK ALTERNATIF LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO