जनकपुरधाम, चैत १० गते ।

पहाडमा आइतवार र तराई मधेशमा सोमवार होली पर्व मनाइँदै छ । तर जनकपुरमा भने मंगलवार वा बुधवार मनाउनुपर्ने बहस चलेपछि अन्यौलता सिर्जना भएको छ ।

मिथिला माध्यमिकी परिक्रमा यात्रीले अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मिथिला क्षेत्रमा होली खेल्ने धार्मिक मान्यता छ ।

परिक्रमा यात्री आइतवार जनकपुर आउँदैछन् । दिनभर रंगभूमि मैदानमा विश्राम गरेर सोमबार बिहान उनीहरुले अन्तरगृह परिक्रमा गर्नेछन् । धार्मिक चलनअनुसार त्यसको भोलिपल्ट मंगलबार होली पर्व मनाउनुपर्ने हो ।

तर जनकपुरमा एउटा वर्गले आइतबार, मंगलबार र बिहीबार माछामासु खाँदैनन् । कतिपय खानेहरुका पनि घरमा भने यी तीनदिन माछामासु पाक्दैनन् । त्यस्ता वर्गले बुधवार जनकपुरमा होली खेल्नुपर्ने तर्क गरिरहेका छन् ।

होली निर्धारित दिनभन्दा पछि सार्न खोजिएको जनकपुरमा यो पहिलोपटक होइन । अन्तरगृह परिक्रमा जनकपुर घुमेको भोलिपल्ट आइतबार, मंगलबार वा बिहीबार पर्ने बेलामा भने यहाँ यसअघि पनि होली पर्व अनुकूल (माछामासु खाने) दिन सार्ने गरिएको छ ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरमा मंगलबार होली मनाइने बताएका छन् । शुक्रबार जनकपुरधाममा नर्थ साउथ कलेक्टिभसले आयोजना गरेको एक कार्यक्रममा उनले अन्तःगृह परिक्रमाको भोलिपल्ट जनकपुरमा होली मनाइने परम्परा रहेको र त्यसै परम्परालाई अनुकरण गर्दै मंगलबार होली मनाइने बताए ।

‘रक्सीमासु खानेका सबै दिन होली हुन्छ । आज पनि दारूमासु खाएर होली मनाउन सकिन्छ । तर परम्परागत होली त मंगलबार नै मानिने हो,’ उनले भने ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO