जनकपुरधाम, चैत ७ गते ।

सप्तरीमा आफ्नै बुवालाई एक युवकले बन्चरो प्रहार गरि हत्या गरेका छन् ।
सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका ४५ वर्षीय हिराई सदाको उनका छोरा २२ वर्षीय लालदेब सदाले हत्या गरेको प्रहरीले जनाएको छ ।
सप्तरीका डिएसपी ढुण्डीराज न्योपानेका अनुसार घरायसी विवादमा बन्चरोले घाँटीमा प्रहार गरी हत्या लालदेवले बुवाको हत्या गरेका हुन ।
उनले घाँटीमा बन्चरो प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको थियो । लालदेबले गरेको बन्चरो प्रहारबाट छिमेकी ६५ वर्षीय दसन सदा पनि घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको छ ।
फतेपुरस्थित स्थानिय अस्पतालमा दसनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आरोपी लालदेवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बन्चरो सहित नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको डिएसपी न्यौपानेले बताए ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO