जनकपुरधाम, चैत ६ गते ।

सर्लाही प्रहरीले प्रहरीले पक्राउ गरेका दुईजना भारतीय डाँकाले नेपालमा समेत डकैतीको योजना बनाइरहेको खुलेको छ ।

भारतको विभिन्न स्थानमा डकैती लगायतका ७ वटा अपराधिक घटनामा उनीहरुको संलग्ना समेत रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
उनका अनुसार बरहथवा नगरपालिका ६ स्थित मगर टोलमा डेरा लिई बसेका दुबैजनाले नेपालमा पनि डकैतीको योजना बनाइरहेको विशेष सूचनापछि सादा पोषाकका प्रहरी खटिएका थिए ।
सोमवार राति साढे ८ बजेतीर डेरामा गइ खानतलासी गर्दा भारत बिहार सितामढी थाना सैयारा ग्राम बस्ने २८ वर्षीया सन्नी कुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउतलाई प्रहरीले हतियार सहित पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट एक थान म्यागजेनि, अमेरिकन पेस्तोल र सोमा लाग्ने ६ राउण्ड गोली, बरामद भएको छ । प्रहरी डेरामा पुगे लगतै जितेन्द्रले प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको थियो ।
ईलाका प्रहरी कार्यालय बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याउँदै थिए ।
त्यस क्रममा जितेन्द्रले भाग्ने प्रयास गरेका थिए । बसबरिया गाउँपालिका ६ पोखरीयाबाट करिब ७ सय मिटर अगाडी मलंगवा तर्फको बाटोमा गाडीबाट भाग्ने क्रममा उनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड फायर गरेको थियो ।

प्रहरीको दुई राउण्ड गोली जितेन्द्रको बाँया घुडा र दाहिने तिघ्रामा लागेको छ ।
घाइते भएका उनलाई प्रादेशिक अस्पताल मलंगवामा उपचार सम्भव नभएपछि थप थप उपचारका लागि जनकपुर रिफर गरिएको छ ।

पक्राउ परेका दुबैजना डाँका आरोपी भारतीय प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थारुले बताए ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO