जनकपुरधाम, चैत ६ गते ।

गृह मन्त्रालयले धनुषा सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) हेरफेर गरेका छन् ।

गृह मन्त्रालयले मंगलवार सूचना जारी गर्दै अध्यागमन विभागका महानिर्देशक सहित १२ जना सिडियोको सरुवा भएको जनाएको छ ।

संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सरूवा भएको मन्त्रालयले जनाएको छ । धनुषाबाट चक्रपाणि पाण्डेलाई सरुवा गर्दै उनको ठाउँमा गृहले रामुराज कडरियालाई खटाएको छ ।

त्यस्तै संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरूङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्य सिडिओ भएका हुन् ।

त्यसैगरी अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई मन्त्रालयले पठाएको छ।