जनकपुरधाम, चैत ५ गते ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पुर्वाधार विकासमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई मन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवबाट जिम्मेवारी खोस्दै मुख्यमन्त्रीले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।
आजै केहीबेरपछि उनलाई पद तथा गोपनियताको सपथ खुवाउने तयारी छ ।
यादव यसअघि समेत जसपा नेतृत्वकै सरकारमा भौतिक पुर्वाधार विकासमन्त्री बनेका थिए । तर सत्ता समिकरण फेरिएपछि उनले पदबाट राजीनामा दिएका थिए ।
नेताहरुका अनुसार एमालेलाई चारवटा मन्त्रालय दिएर सरकारमा सामेल गराउने सहमती भएको छ ।

एमाले सांसद राजकुमार लेखीलाई गृह तथा सञ्चार, शारदादेवी थापालाई स्वास्थय तथा जनसंख्या र सत्रुधन प्रसाद सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालय दिने सहमती भएको हो ।
दोस्रो चरणमा उनीहरुलाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । यद्दपी यो सहमतीबारे औपचारिक रुपमा कुनै दलले केही बताएको छैन ।