जनकपुरधाम, चैत ३ गते ।

सर्लाहीमा अपराध गरेर फरार भएका २ सय दुई जनालाई प्रहरीले एकै दिन पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही लगायतका प्रत्येक युनिटहरुबाट खटिएको प्रहरी टोलीले ती अपराधीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले बताए।

उनका अनुसार पक्राउ परेकाहरु कुटपिट, जुवा, जालसाजी, डाँका चोरी, जवरजस्ती करणी र भ्रष्टचार लगायतका मुद्दामा दोषी ठहरु भई सजाय पाए व्यक्तिहरु हुन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई ५ दिनदेखि ३ बर्ष ६ महिनासम्म कैद र एक सयदेखि ३ लाख ६३ हजारसम्म जरिवाना रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।