जनकपुरधाम, चैत २ गते ।
प्रहरीले भारतर्फ तस्करी गर्न लागिएको १० वटा गाई नियन्त्रणमा लिएको छ ।
शुक्रवार विहान बाराको फेटा गाउँपालिका पुरैनिया स्थितबाट अज्ञात व्यक्तिले भारततर्फ लैजाँदै गरेका १० वटा गाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ती अज्ञात तस्करले प्रहरीलाई देख्न साथ गाई छोडी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बारा तथा ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको संयुक्त प्रहरी टोलीले ती गाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।