जनकपुरधाम, चैत २ गते ।
रौतहटमा गोली चलाएर मनी ट्रान्सफरमा लुटपाटको प्रयास भएको छ ।
परोहा नगरपालिका वडा नम्बर ९ स्थित शिव मनी ट्रान्सफरमा गोली चलाउँदै लुटपाटको प्रयास भएको हो ।
त्यस क्रममा लुटेराले गोली चलाउँदा मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेशकुमार साहमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ताएजिला गिरीका अनुसार गोली चलाउने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ परेका तीनै जना भारतीय नागरिक हुन्।
मुनिस यादव, राजाकुमार पासवान र चन्द्र भारतीलाई हतियारसहित पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।