जनकपुरधाम, चैत १ गते ।

कुवेतमा कार दुर्घटनामा तीनजना नेपालीको ज्यान गएको छ ।

मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा धनुषाका एक युवक सहित तीन नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिकास्थित बेंगाडावरका धिरज गुर्माछान् मगर, काठमाडौंको नागार्जुन नगरपालिका २ सानोभर्‍याङ बस्ने सुजन कार्की र पञ्चदेवल विनायक नगरपालिका ५ अछामका सुरजबहादुर कडायतको मृत्यु भएको कतारस्थि रहेको नेपाली राजदुतावासले जनाएको छ ।

ठक्कर दिने कुवेती नागरिक भने प्रहरीको नियन्त्रणमा छ ।

कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमका अनुसार मृतकहरुको पासपोर्टमा भएको ठेगानाका आधारमा परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ ।

कुवेतको सबै प्रक्रिया पुरा गरेर र परिवारसँग सम्पर्क गरेर शवहरूलाई नेपाल पठाइने उनले बताए ।

मृतक तीनैजना नेपाली कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए । हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरजलाई भेट्न गएका थिए ।

मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुजनले उनीहरुलाई बस चढाउन आएका थिए ।

त्यहीँ बेला बाटो काट्दा कारले ठक्कर दिएपछि घटनास्थलमै तीनैजनाको मृत्यु भएको थियो।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO