जनकपुरधाम, चैत १ गते ।

सर्लाहीको मलंगवामा दुईवटा मन्दिरको मुर्ति तोडफोड गर्ने युवक पक्राउ परेका छन् ।

मंगलवार साँझ मलंगवा नगरपालिका-८ स्थि रहेको राजदेवी मन्दिर र वडा नम्बर ९ स्थित रहेको झिलमिलियामाइ मन्दिरमा तोडफोड गर्ने एकैजना व्यक्ति रहेको र उनलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ बस्ने ३३ वर्षीय राकेश बैठा रहेको प्रहरीले जनाएको छ ।

मुर्ति तोडफोड भएको थाहा पाए लगतै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दैजाँदा बैठाले मुर्ति तोडफोड गरेको पाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी एसपी श्याम महतोले बताए ।

उनका अनुसार प्रहरीले घटनास्थलमा भेटाएको प्रमाण तथा सबुतको आधारमा उनलाई पक्राउ गरिएको हो ।

बैठा विरुद्ध जिल्ला प्रहरीले धर्म समबन्धी कसुरमा अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गर्ने अनुमती लिइ अनुसन्धान गरिरहेको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुयाउन नहुने, धार्मिक भावनामा आघात पुऱ्याउन नहुने, धार्मिक रीति स्थितिमा बाधा पुऱ्याउन नहुने र धर्म परिवर्तन गराउन नहुने व्यवस्था छ ।

धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने अपराध संहितामा उल्लेख छ ।

पक्राउ परेका बैठालाई यसै व्यवस्था बमोजिम कानुन बमोजिम हदैसम्मको कारवाही गरिने प्रहरीको भनाई छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO