जनकपुरधाम, फागुन २९ गते ।

सुनको सिक्री नपाएको विषयलाई लिएर भएको विवादपछि विवाह रद्द गर्ने बेहुलासहित पाँचजना विरुद्ध पर्सा प्रहरीले जाहेरी दर्ता गरेको छ ।

पीडित बेहुलीको परिवारले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएको प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बताए ।

उनका अनुसार बाराको कलैया नगरपालिका ४ बस्ने २८ वर्षीय बेहुला उमेश साह, उनका बुवा ६० वर्षीय बच्चालाल साह, दाईद्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ वर्षीय रामएकवाल साहलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको हो ।

विवादको क्रममा प्रहरीले बेहुली पक्षका मानिसलाई समेत पक्राउ गरेको छ । यद्दपी उनीहरुको नाम भने गोप्य राखिएको छ ।
वीरगञ्ज महानगरपालिका—२४ स्थित रानीघाटका सुखल साहकी छोरी रमिता र बाराको कलैया उपमहानगरपालिका ४ का २६ वर्षीय उमेश साहको विवाह थियो।

विवाहमा ‘पैरक्षण’ विधिको क्रममा दुलही पक्षले दुलाहालाई सिक्री नदिँदा भनाभन भएको थियो। त्यसै विवादले स्वयंवर भइसकेको विवाह टुटेको हो।

विवादको क्रममा हात हालाहाल समेत भएको एक स्थानीयले बताए। घटनापछि स्थानीय प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तत्काल दुलाहा सहित उनका पक्षका तीनजनालाई नियन्त्रणमा लिएको थियो।

दुलाहा पक्षले दाइजो नदिँदा विवाह तोडेको भन्दै दुलही पक्षको मौखिक उजुरीपछि घटनामा प्रहरीले दुलाहासहितपछि पाँच जनालाई पक्राउ गरेको डिएसपी थापाले बताए।

बेहुला उमेश वीरगंज महानगरको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रूपमा कार्यरत छन्। बेहुली रमिता समेत वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा करारमा जागिर गरिरहेकी छन्।

दुबै जना केही वर्षदेखि प्रेम समबन्धमा थिए। पछि दुबै परिवार मागी विवाह गर्न तयार भएका थिए।

उसैपनि विवाहबाट दुबै परिवारका केही व्यक्तिहरु रुष्ट थिए । उनीहरु यो विवाह नहोस चाहेका थिए । तर बेहुला बेहुलीको जोडबलले यो विवाह तय भएको थियो ।

धुमधामका साथ विवाह गर्न उमेश बेहुलीको घर पुगे।

‘विवाहमा गाडीबाट उत्रिँदा बेहुलालाई बोकेर स्वयंवर हुने ठाउँसम्म पुर्याउनेपर्ने रहेछ। तर १० मिनेट जति पर्खिंदा पनि बोकेर कसैले लगेन। त्यसले त्यहीँबेला बेहुला रिसाएछन्,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यसले पनि स्वयंवरका बेला केही भनाभन भयो र केटा पक्षका मान्छेले कसैले हातपात गरिदिए। रिसको झोंकमा बेहुलाले यो विवाह हुन्न भने तर पछि दुबै पक्षका मान्छेले विवाद थामथुम पारेछन्।’

विवाद साम्य भएपछि बरमाला लागयतका रसम सम्पन्न भयो। त्यसपछि पैरक्षण विधिका लागि दुलाहा पक्षका परिवार र दुलही पक्षका परिवारबीच जमघट भयो।

‘पैरक्षणमा सगुन स्वरूप बेहुलाले गहनाहरू ल्याउनुपर्ने रहेछ तर त्यताबाट एउटा मात्रै ढोलना भन्ने गहना राखियो। केटी पक्षले त्यसले असन्तुष्ट भए,’ नाम नखुलाउन चाहेका ती प्रत्यक्षदर्शीले थपे, ‘केटी पक्षले ढोलना पनि चाहिँदैन यतिकै बिहे हुन्छ भन्दियो। त्यहीँ बीचमा महिलाले गीतमार्फत् गाली गर्ने चलन छ। गाली गर्ने क्रममा सायद ती प्रसंग पनि उठेछन् अनि विवाद चर्कियो र विवाह रोकियो। सबै रसम पूरा भएर सिन्दुरदान मात्रै बाँकी थियो तै पनि विवाह टुट्यो।’

पछि विवाद मिलाउन भने मंगलवार विहान वडा कार्यालयमा दुबै पक्षबीच छलफल समेत भएको थियो । त्यस क्रममा दुलहा पक्षले राति भएको विवाद बिर्सेर जसरी पनि विवाह गर्नुपर्ने माग अघि सारेका थिए ।

यद्दपी पछि बेहुलीले कुनै हालतमा उनीसँग विवाह नगर्ने अडान लिइन् । त्यहाँ दुबैपक्षबीच कुरा नमिलेपछि बेहुली पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

 

< LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LINK ALTERNATIF LAKUTOTO RTP LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LINK ALTERNATIF LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO