जनकपुरधाम, फागुन २६ गते ।

सप्तरीमा एक पुरुषको शव फेला परेको छ ।

कुनौली–राजविराज सडकखण्डमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादव पुलमुनि मृत अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार शवसँगै पुलमुनि मोटरसाइकल समेत फेला परेको छ ।

मधेस प्रदेश ३०६१ नम्बरको मोटरसाइकल सहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO