जनकपुर न्युज

वीरगञ्ज, फागुन २५ गते ।

वीरगञ्जमा हत्या गरेर गाडेको आशंकामा प्रहरीले एक शव फेला पारेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलीप मण्डल धानुकको शव निकालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार घटना शंकास्पद देखिएपछि सोधपुछका लागि दिलीपका आमाबुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कसैलाई खबरै नगरी छोराको शव उनले गाडेकाले घटना शंकास्पद देखिएको प्रहरीको भनाई छ ।

अनुसन्धानको क्रममा सोधपुछका लागि दिलिपका बुवा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार घरकै एक कोठामा दिलीपलाई थुनेर उनका बुवाआमा ज्याला मजदुरीका लागि घरबाट निस्किएका थिए । कामबाट बिहीबार साँझ घर फर्किँदा दिलीप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्वीकार गरेका छन् ।

दिलीप लागूपदार्थको कुलतमा फसेको र अरूको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरू कामका लागि बाहिर जाँदा दिलीपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलीपले प्रहरीसमक्ष बयान दिएका छन् ।

दिलीपको शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।

 

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO