जनकपुर न्युज

जनकपुरधाम, फागुन २४ गते ।

सर्लाही प्रहरीले चोरीको ट्रकलाई मालसामान ढुवानी गरिरहेको अवस्थामा फेला पारेको छ ।

लालबन्दी नगरपालिका ६ जनवादी चोकस्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले चोरीको ट्रक सहित चालक र सहचालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक भारतको मोतिहारी थाना मधुवन वडा नं. १ बस्ने २५ वर्षीय पप्पु कुमार यादव र मोतिहारी थाना मधुवन वडा नं. २ बस्ने वर्ष २४ वर्षीय सहचालक कुन्दन प्रसाद कुशवाहा रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट चोरीको बिआर ०६ जिए ५१८८ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ट्रकको कागजपत्र चेक गर्दा उक्त सवारी दर्ता किताबमा रहेको इन्जिन नम्बर र च्यासिसमा फरक परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए।

उनका अनुसार प्रहरीले सबै प्रकारको भेरिफाइ गर्दा समेत नमिलेपछि सोधखोज गर्दा ट्रक चोरी गरिएको फेला परेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले सवारीसहित उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO