जनकपुर न्युज

जनकपुरधाम, फागुन २३ गते ।

नयाँ गठबन्धनको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णयले जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किएको छ ।

अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने एकल निर्णय गरेको भन्दै पार्टीमा विवाद सुरु भएको हो ।

सरकारमा सहभागी हुने विषयमा आज जसपाको केन्द्रिय कार्यकारिणी बैठक बसेको थियो ।

सो बैठकमा बहुमत सदस्यले पार्टी सरकारमा जान नहुने र विश्वासको मत नदिन हुने मत राखेको जसपाका एक नेताले जनकपुर न्युजलाई बताए । बहुमत सदस्यले सरकारमा जान नहुने सुझाव दिएपछि जसपा अध्यक्ष यादव अप्ठ्यारोमा परेका छन् ।

‘जसपाको कार्यकारिणी समितिको बैठकमा धेरै सदस्यले सरकारमा जाने कुराको विरोध गरेपछि प्रचण्ड सरकारमा जाने ‘नजाने कुनै निर्णय हुन सकेन्,’ बैठकमा सहभागी ती नेताले भने, ‘केही समय ‘पर्ख र हेर’को अवस्था रहने भन्ने भएको छ ।’

उनका अनुसार बैठकले कुनै निर्णय लिन नसके पछि सोही सन्देश बोकेर अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिस सुमन बालुवाटार पुगेका छन् ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO