जनकपुर न्युज
जनकपुरधाम, फागुन २२ गते ।
वीरगञ्जतर्फ जाँदै गरेको बस बारामा दुर्घटनामा परेको छ ।
बाराको ३ नम्बर पुल पक्की पुलबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट वीरगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको अवस्था गम्भीर रहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।