जनकपुर न्युज

जनकपुरधाम, फागुन २१ गते ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अथक प्रयासका बाबजदु वर्तमान संघीय सत्ता गठबन्धन विघटन नजिक पुगेको छ ।

आइतवार राति नेकपा एमाले, नेकपा (माओवादी, रास्वपा र जनता समाजवादी पार्टी (जसपा) बीच नयाँ गठबन्धन बनाएर सरकार निर्माण गर्ने सहमती भएको छ ।

कुनै नाटकीय परिवर्तन नभए नयाँ गठबन्धन सम्भवत : आजै घोषणा हुने सम्भावना रहेको माओवादीका एक नेताले जनकपुरन्युजलाई बताए ।

ती नेताका अनुसार प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिनेगरी ती दलहरुबीच सहमती भएको हो ।

माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले आइतवार राति नयाँ गठबन्धनको सरकार बनाउने सहमती गरेका हुन् ।

यसैबीच आज विहान ८ बजे बस्ने भनिएको सत्ता गठबन्धनको निर्धारित बैठक समेत स्थगित भएको छ ।

केही बेरमा वर्तमान गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितका दलहरूको बैठक बोलाएका छन् ।

माओवादी एमालेसहित रास्वपा र जसपालगायत दलहरूको बैठक केही बेरपछि बाललुवाटारमा बस्नेछ ।

उक्त बैठकमा नयाँ सरकारमा मन्त्रालय, राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल हुने नाम खुलाउन नचाहेका ती माओवादी नेताको भनाइ छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO