जनकपुरन्युज

जनकपुरधाम,फागुन २० गते ।

मधेश प्रदेशमा सवारी दुर्घटनामा गत सात महिनामा २ सय ९० जनाले ज्यान गुमाएका छन् ।

प्रदेशका आठवटै जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा भएका ती दुर्घटनामा ५ हजार ७२६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार यस अवधिमा सबैभन्दा धेरै दुर्घटना बारा जिल्लाान भएको छ ।

सवारी दुर्घटनाबाट चालु आर्थिक वर्षको सात महिनामा यस जिल्लामा भएको सवारी दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने ९ सय ५३ जना घाइते भएका हुन् ।

त्यसैगरि धनुषामा ४४, महोत्तरीमा ३८, सर्लाहीमा ३७, सिरहामा ३३, पर्सा र रौतहटमा ३०÷३० जना र सप्तरीमा २२ जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र नागरिकका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको प्रहरीको भनाई छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO
LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO