जनकपुरन्युज
जनकपुरधाम,फागुन २० गते ।
मधेश प्रदेशमा सवारी दुर्घटनामा गत सात महिनामा २ सय ९० जनाले ज्यान गुमाएका छन् ।
प्रदेशका आठवटै जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा भएका ती दुर्घटनामा ५ हजार ७२६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार यस अवधिमा सबैभन्दा धेरै दुर्घटना बारा जिल्लाान भएको छ ।
सवारी दुर्घटनाबाट चालु आर्थिक वर्षको सात महिनामा यस जिल्लामा भएको सवारी दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने ९ सय ५३ जना घाइते भएका हुन् ।
त्यसैगरि धनुषामा ४४, महोत्तरीमा ३८, सर्लाहीमा ३७, सिरहामा ३३, पर्सा र रौतहटमा ३०÷३० जना र सप्तरीमा २२ जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि विद्यालय र समुदायस्तरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र नागरिकका लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको प्रहरीको भनाई छ ।