बर्दिबास, १७ फागुन । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले खेलजगतले नेपाली राष्ट्रिय भावनालाई एक सुत्रमा बाँध्न सक्ने बताउनु भएको छ ।

आज बिहीबार महोत्तरीको बर्दिबासमा कराते खेलको छैठौं राष्ट्रिय रेफ्री सेमिनार तथा कोच एक्रिडिटेसन-२०८० को समापन तथा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्दै उहाँले विभिन्न वेशभूषा, संस्कृति परम्परा र फरकफरक विचारबीच खेलले सबैलाई एक सुत्रमा बाँधेर राष्ट्रिय भावनामा जोड्नसक्ने बताउनुभएको हो ।

“कैयन कुराले निराशा बढेका बेला खेलका विभिन्न विधामा खेलाडीले पाएका सफलताले हामीलाई ढाडस मिलेको छ” मन्त्री भण्डारीले भन्नुभयो, “खेलाडीले दिएका र दिने यस्ता खुशीमा हाम्रो लय, भावना र मन एकत्रित हुन्छ ।” करातेका पूर्वखेलाडी मन्त्री भण्डारीले खेललाई खास समयको रमाइलो वा कुनै प्रतियोगितासँग जोडिने तयारीमात्र नभई व्यावसायिक रुपमै स्थापित गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

“खेलसँग जोडिएर इज्जत, प्रतिष्ठा र घरव्यवहार राम्ररी धानिने भरपर्दो आधार बन्छ भन्ने विश्वास खेलाडीलाई दिनसक्नु पर्छ” भण्डारीले भन्नुभयो, “यसका लागि केन्द्र सरकारमात्र नभएर प्रदेश र स्थानीय सरकारले स्पष्ट खाका बनाउन पर्छ ।” मुख्यत आफ्ना ठाउँका विभिन्न विधाका खेल र तिमध्ये महत्व र प्राथमिकता दिइन पर्ने विधालाई स्थानीयतहले योजनाबद्ध विकासको प्रकृयामा राख्न पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य शारदा थापाले प्रदेश सरकारले चार वर्षअघि नै माध्यमिक तहका सबै विद्यालयमा खेल प्रशिक्षक नियुक्त गरिने र खेलमा महिलालाई प्रोत्साहन गरिने निणर्य गरेपनि सोअनुरुप काम नबढेको बताउनुभयो । समारोहमा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कणर्ले सबै स्थानीयतहले खेलको संस्थागत विकासका लागि प्रदेश र केन्द्र सरकारबाट साथसहयोग लिएर काम बढाउन सके चाँडै सकारात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्रीले खेलको संस्थागत विकासका लागि प्रयत्नमात्र नभएर परिणाममुखी काम थालिएको उल्लेख गर्नुभयो । नगरमा नगर खेलकुद विकास समिति गठन गरिएको र समितिले वार्षिक तालिका बनाएर प्रशिक्षण, अभ्यास र प्रतियोगिता आयोजना गरीरहेको क्षत्रीले बताउनुभयो । बर्दिबास नगरपालिकाले करातेको प्रशिक्षण भवनका लागि जग्गा उपलब्ध गराउने निणर्य गरीसकेको उहाँले जानकारी दिनुभयो । सो अवसरमा नगरप्रमुख क्षत्रीले बर्दिबासका तीन राष्ट्रिय गौरवका आयोजनाहरु ब्र्दिबास मेडिकल कलेज, रेल्वे र फनपार्कको सुनिश्चितता र परिणाममुखी कामका लागि आवश्यक समन्वय गरीदिन मन्त्री भण्डारीसँग अनुरोध गर्नुभयो ।

नेपाल सितेरियो कराते महासङ्घका अध्यक्ष दावा लामाको अध्यक्षतामा आयोजित समारोहमा नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामासहितका वरिष्ठ पदाधिकारीहरुको सहभागिता छ ।

कार्यक्रममा गत सोमबारदेखि आजसम्म सञ्चालित रेफ्री सेमिनार तथा कोच एक्रिडिटेसनमा सहभागी खेलाडीले सपथ लिएभने आजै प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता प्रारम्भ भएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुने तालिका छ । यस प्रतियोगितामा सातवटै प्रदेशका एक/एक , नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक गरी जम्मा १० वटा टिम छन् । प्रतियोगितामा ११० महिला र १५४ पुरुषसमेत २६४ खेलाडी सहभागी हुने जानकारी दिइएको छ ।

नेपाल कराते महासङ्घले आयोजना गरेको प्रतियोगिताका महासङ्घ मधेश प्रदेश समिति र सितोरियो कराते डोजो बर्दिबास सहआयोजक छन् । प्रतियोगिता आयोजनाको खर्च बर्दिबास नगर खेलकुद विकास समितिले सहयोग गरेको छ ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO