जनकपुरधाम, चैत १९ गते ।
मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून देखिएको छ। यसले भविष्यमा मधेस प्रदेशको जनसंख्याको लैंगिक संरचनामा नै असन्तुलित हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

आइतबार जनकपुरधाममा अपिल मिडिया र द एसिया फाउण्डेसनले उक्त तथ्यांक प्रस्तुत गरेको हो।

प्रदेश सभा सदस्य र स्थानीय तह प्रमुखका लागि आयोजना गरेको नीति योजना र विकासमा जनसंख्या तथ्यांकको प्रयोग विषयक कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

निर्देशक लामिछानेले प्रस्तुत गरेको कार्यपत्रमा मधेसमा लैंगिक अनुपात ११८ रहेको छ।

मधेसमा एक सय जना छोरीको जन्म हुँदा एक सय १८ जना छोराको जन्म हुने गरेको तथ्यांक उनले प्रस्तुत गरे। तर, नेपालको औसत लैंगिक अनुपात भने एक सय १२ रहेको छ। यो भनेको एक सय जना छोरीको जन्म हुँदा एक सय पाँच जना छोराको जन्म हुनु बराबर हो।

‘गर्भमै लिंग पहिचान गरी गर्भपतन गराउने चलनले यस्तो भएको हुनसक्छ,’ उनले भने, ‘यो गम्भीर विषय हो। यस विषयमा प्रदेश सभा र स्थानीय सरकारले विशेष निगरानी गर्नुपर्छ।’

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार अन्य प्रदेशको तुलनामा मधेसमा महिला घरमुली हुने संख्या न्यून छ।

कार्यपत्रका अनुसार सबैभन्दा बढी परिवारमा महिला घरमुली हुनेमा गण्डकी प्रदेश छ। उक्त प्रदेशमा ४१ प्रतिशत परिवारका घरमुली महिला छन्।

मधेसमा वैदेशिक रोजगारीमा जानेको संख्या अन्य प्रदेशको तुलनामा कम देखिएको छ।

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO