ममता कुमारी बैठा

जनकपुरधाम, चैत ६ गते ।

रोजगारीको क्रममा श्रमिकले पठाएको रेमिटान्सले व्यक्ति र परिवारको आम्दानी बढेसँगै खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा, आवास जस्ता महत्त्वपूर्ण आवश्यकतामा खर्च गर्न सक्ने नेपालीको क्षमता बढेको छ । यसले गर्दा नेपालीको जीवनस्तर उकासिएको छ । साक्षरता र शिक्षाको स्तर बढेको छ । पोषण र स्वास्थ्यको अवस्था पहिलेभन्दा राम्रो भएको छ । तर यो प्रगतिको मूल्य हजारौ नेपालीले रगत बगाएर चुकाउनु परेको छ ।

नेपालमा रोजगारी नपाउँदा बाध्य भएर विदेशिएका कैयन परिवारका लागि वैदेशिक रोजगारी अभिशापै बनेको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकाका अनुसार पछिल्लो १४ वर्षमा मात्रै ९ हजार ६६६ जनाको विदेशमा मृत्यु भएको छ । यद्दपी मृत्युका भने भिन्न कारणहरु छन् । मुटु रोगको कारण १ हजार ४७४ र हृदयघातको कारण ७ सय ३३ जनाको मृत्यु भएको छ ।

सडक दुर्घनामा १ हजार ३५९ जनाले ज्यान गुमाएका छन् भने १८७ जनाले आत्महत्या गरेका छन् । कार्यस्थलमा दुर्घटना भएर मात्रै ७५४ जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड—१९) को महामारीमा २०७ जनाले ज्यान गुमाएका थिए । प्राकृति रुपले २ हजार ७७ र अन्य कारणले २ हजार ८ सय जनाले १४ वर्षयता ९ हजार ६६६ जनाले ज्यान गुमाएको विभागको तथ्यांकमा उल्लेख छ ।

कतिपय व्यक्तिको त मृत्युको कारण थाहा नभएर गन्तव्य मुलुकबाट शव नेपाल पठाउँदा त्यसका साथ पठाइने कागजातमा त्यस्तो कारणै खुलाइएको पाइँदैन । विभागका अनुसार सबैभन्दा धेरै श्रमिक साउदी अरबमा ज्यान गुमाएका छन् । तर श्रमिकको सुरक्षाका लागि नेपाल सरकारले खासै पहल गरेको पाइँदैन् । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित बनाउन र स्वदेशमै रोजगारीको सिर्जना गरी रोजगारीका लागि विदेश जान पर्ने बाध्यताको अन्त्य गराउने भन्दै आएको छ ।

रोजगारीको हक भनेर नेपालको संविधानको धारा ३३ मा मौलिक हकका रूपमा पनि उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत कानुनमा पनि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषय उल्लेख गरिएको छ । तर ती सबै प्रावधान कागजमै मात्र सिमित भएको लामो समयदेखि वैदेशिक रोजगारीमा बसेका धनुषाको बटेश्वरका सुरज महतोले बताए । ‘विदेशमा हाम्रो श्रमिक कसरी सुरक्षित हुने । कसरी ठगिनबाट जोगिने विषयमा सरकारलाई अहिलेसम्म ध्यान दिएको मैले देखेको छैन् । पछिल्लो समय श्रम शोषण पनि बढेको छ । मेरै कैयन साथीहरुको मृत्यु भएपछि उनीहरुको शवै फर्काउन पनि ढुंगा चपाएजस्तो अवस्था छ,’ उनले भने ।

पछिल्लो १२ बर्षमा मधेश प्रदेशबाट मात्रै बैदेशिक रोजगारीका लागि १ लाख ३९ हजार ७५४ व्यतिmहरु विदेश गएका छन । विभागको तथ्यांक अनुसार सप्तरी बाट १२७१४८ जना, सिरहा बाट १७८२३५ जना, धनुषाबाट २१६१२२ जना, महोतरी बाट १९६८९५ जना, सर्लाही बाट १२६६५६ जना, रौतहट बाट ७५७०२ जना, पर्साबाट ४५८६३ र बाराबाट ७३१३३ जना वैदेशिक रोजगारीमा गएका हुन् । रोजारीमा जाँदा ज्यान गुमाउने र ठगिने समेत मधेश प्रदेशकै रहेका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको रेमी परियोजनाको सामाजिक पुनः एकिकरण अधिकृत रामकुमार कर्णका अनुसार पछिल्लो समय कम्पनिको माग भन्दा बढी व्यतिm विदेशिएका छन् ।

‘वैदेशिक रोजगारमा पठाउने एजेन्ट र मेनपावर व्यवस्थित छैन । एजेन्टलाई सरकारले खारेज गरिदिएपनि उनीहरुकै मार्फत बढी मानिस विदेश जाने गरेको देखिएको छ । यसले पनि असुरक्षा बढाएको हो,’ उनले भने । असुरक्षित वैदेशिक रोजगारीले श्रमिकको ज्यान त जोखिममा छँदैछ, परिवार र समाजमा विकृतिहरु समेत मौलाएको पाइएको छ । वैदेशिक रोजगारीले महिला हिंसा, अविश्वास र महिलामाथि लान्छना लगाउने गरेको घटनामा बढोतरी भएको पाइएको हो । महोतरी, बलवा नगरपालिका–१ बन्चौरीकी ३२ वर्षीया बबिता ठाकुर श्रीमान शंकर ठाकुर रोजागरीकालागि कतार गएपछि उनी घर छोडेर भाडाको कोठामा चार छोराछोरीसंग जनकपुर बस्दैछिन् ।

गाउँमा उनीमाथि अनाहकमा विभिन्न लालछना लगाएर हिंसा गरेपछि उनी छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने बहानामा बाध्य भएर सहर सरेकी छन् । तैपनि समाजको दृष्टिकोण र उनिहरुले गर्ने व्यवहारले दिक्क बनाएको उनले बताइन् । ‘छोराछोरी पढाउने बहानामा शान्ति खोज्दै गाउ छोडेर शहर आएपनि शान्तिपुर्वक चैनले पुरुषप्रधान समाजले बस्न दिएको छैन,’ बबिताले पीडा सुनाइन,‘ घरमा श्रीमानको साथ हुदा सबैले साथ दिन्छ । श्रीमान विदेश गएपछि कसैले पनि साथ दिदैन । उल्टै श्रीमानको अनुपस्थितिमा गलत दृष्टिकोणले हेर्छन । महिलामाथि न घरको सदस्यले विश्वास गर्छन, न त समाजले नै ।’

वैदेशिक रोजगारको क्रममा १९ वर्ष श्रीमान् बाहिर बस्दा सामाजिक अपहेलनाको शिकार हुँदा आफु जनकपुर बस्न बाध्य भएको उनले सुनाइन् ।
‘श्रीमान आउछँन जान्छन । म बच्चाको हेरचाह र पढाई लेखाइमा समय बिताउँछु उनले थपिनन्,‘घर व्यवहार चलाउन र आर्थिक भार उठाउन काम गर्न खोज्दा पनि गलत आरोप झेल्नु प¥यो ।’ समाजको बक्र दृष्टिले छोराछोरीलाई पढाउन समेत समस्या भएको उनले पीडा पोखिन् ।

लामो समय देखि श्रीमान वैदेशिक रोजगारकालागि साउदीमा बस्दा धनुषाको विदेह नगरपालिकास्थित गोबाराहीकी २८ वर्षीया अक्लिमा खातुनलाई अनावश्यक आरोप लाग्न थालेपछि उनले समेत गाउँ छोडेर जनकपुरमा डेरा लिइ बस्न थालेकी छिन् । ‘विहे हुनुघि नै ससुरा बित्नु भयो । सासु आमा पनि बित्नु भयो । आर्थिक अभाव भएपछि श्रीमान वैदेशिक रोजागारीमा जान बाध्य हुनुभयो । तर समाजमा एक्लै घर बाहिर हिँडडुल गर्दा पनि ममाथि अनाप सनाप आरोप लाग्न थाल्यो । अनि गाउँ छोड्न बाध्य भएँ,’उनले पीडा पोखिन् । वैदेशिक रोजगारीले समाजिक रुपमा महिलाले हिंसा भोगेका त यी प्रतिनिधिपात्र घटना मात्रै हुन् ।
वैदेशिक रोजगारीका कारण महिला परपुरुषसँग भाग्ने, हिंसा मात्रै नभई हत्या तथा बलात्कारको शिकार हुने गरेको घटनाको भने कुनै निकायसँग तथ्यांक नै छैन् । यसका साथै परिवारमा मानसिक तनाव, पारिवारिक बेमेल, बिखण्डन (छोडपत्र), परिवार तथा बालबच्चाबाट टाढा, बालबच्चा र बृद्ध सदस्यको हेरचाहमा कमी, एक्लोपन महसुस गराउने र मनमा दिक्दारीको भावनाको गम्भिरता बढ्दै जाँदा आत्महत्याको भावना आउने र आत्महत्याको प्रयास गर्ने घटनाहरु समेत बढेको छ ।

< LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LINK ALTERNATIF LAKUTOTO RTP LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LINK ALTERNATIF LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO DAFTAR LAKUTOTO LOGIN LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LOGIN LAKUTOTO DAFTAR LAKUTOTO LAKUTOTO LAKUTOTO