कमलेश ठाकुर

जनकपुरधाम, चैत २ गते ।

महोत्तरीको औरही नगरपालिका–८, भोइलटिमकियाका रामचन्द्र साहले दोस्रो सन्तान छोरा होस् भन्ने चाहन्थे ।

०५१ साल फागुण १२ गते घरभित्र साहकी श्रीमती रामप्यारी सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन् । छिमेकी महिलाहरु स्यहरसुसार गर्दै थिइन् ।

रामचन्द्र छोरा हुने आशमा प्राङनमा खुसी पाल्दै ओहोरदोहोर गर्दै थिए । तर धेरै बेरसम्म उनको खुसी टिकेन । घरभित्रबाट महिलाको समूह कानेखुसी गर्दै निस्कियो । रामचन्द्रले सोधे– “छोरा भयो कि छोरी ?” उनीहरू बोलेनन् ।

महिलाको समूह केही नबोलेपछि छिमेकी भाउजूको नाम लिएर सोधे । ती महिलाले व्यग्ंय गर्दै ‘बोझ÷कमाउवा’ पैदा भएको जवाफ दिइन् ।

उनको जवाफले छोरी जन्मेकोे उनले सहजै बुझे । रामचन्द्रको अनुहार मलिनो भयो । त्यहाँबाट निराश हुँदै उनी त्यहाँबाट किनारा लागे । महिलाको समूह पनि निस्कियो ।

“छोरी जन्मेपछि मलाई कसैले स्याहारै नगरी कोठाबाट फर्किए । श्रीमान् पनि छोरीलाई हेर्न आएनन्,” त्यति बेलाको पीडादायी क्षण सम्झिदै रामप्यारीले सुनाइन, “घरका सबैजना चिन्तित भए । छोरा भए भोजभतेर गर्ने सोचेको परिवारले छोरीको न्वारन पनि राम्ररी गरेनन् ।”

माइतीले दबाब दिँदा छोरीको न्वारन भएको रामप्यारीले बताइन् । परिवारले न्वारनै गर्न हिच्किचाएका उनै ‘बोझ’ अहिले कलाकारिता क्षेत्रमा अब्बल कालाकारको परिचय बनाएकी छन् । काठमाडौंमा उनले देखाएको कलाकारिताले उनलाई स्थापित मात्रै गराएन, नाटक लेख्न र निर्माण गर्न सक्ने बनायो ।

केहीदिनअघि महिला श्रमिक दिवसको अवसरमा देशकै ठूलोमध्येका मिडिया अनलाइन खबरले उनलाई देशको ५० प्रभावशाली महिलाको रुपमा स्थान दिएको छ । सरिताले निर्देशन गरेको ‘फगुनिया’ नामको मैथिली नाटक उत्कृष्ट भई कैयन पुरस्कार पाएको छ ।

छोराको आशैआशमा ६ छोरी जन्माएका रामचन्द्र अहिले छोरीको कामले गदगद छन् । “पहिला हामी साइकल चढ्दा बुवाले हामीलाई कुट्नुुहुन्थ्यो । अहिले बाइक चलाउँदा खुुसी हुनुहुन्छ,” ३० वर्षीया सरिता भन्छिन्, “मेरा चारजना बहिनी अहिले साइकल चढेरै पढ्न र बजार जान्छन् ।”

तर सरिताले यो मुकाम सहजै हाँसिल गरेकी होइनन् । उनी जब ६ कक्षामा पढ्दै थिइन्, दिदी सुजितासँगै एउटै मण्डपमा विवाह गरिदिन उनका बुवा रामचन्द्रले घरमा छलफल गरे । सरिताले यो कुरा अस्वीकार गरिन् । त्यसयता कैयौँपटक उनको बिहेको कुरा भयो । सरितालाई अनेकन दबाब दिइयो । तर, सरिताले मानिनन् ।

जो बुबाकै प्रेरणाले नेतृ बनिन्

०३८ पुस २७ गते जब छोरी जन्मिन महोत्तरी भंगहा नगरपालिका–९, हरिनमरीका शान्तिदेवी र रमेश यादव निकै खुसी भए । पहिलो सन्तान छोरी हुँदा उनको परिवारसहित आफ्न्त पनि खुसी थिएँ । त्यो खुसी रमेशले छरछिमेकीलाई आफैँले सुनाए ।

पूर्वशिक्षक र प्रधानपञ्चसमेत रहेका रमेशले छोरीलाई शिक्षा र अन्य अवसरहरू दिन कञ्जुस्याईं गरेनन् । आफ्नी छोरी समाजमा भइरहेको दमन, शोषण वरुद्ध सशक्त रूपमा उभिऊन् भन्ने उनको सपना थियो ।

छोरीलाई सोहीअनुसारको शिक्षादीक्षा र अवसर दिन थाले । कालो कोट लगाएर समाजका विकृति विसंगतिविरुद्ध आवाज उठाउन उनले छोरीलाई कानुन विषय लिएर पढ्न प्रोत्साहन गरे ।

त्यही पथमा डो¥याए र सघाउन थाले । अहिले उनकी छोरी ४२ वर्षीया मञ्जुकुमारी यादव नेकपा एकिकृत समाजवादीकी सशक्त महिला नेतृ छन् । प्रदेश सांसदसमेत भइसकेकी उनी संसदमा एक साहसिक र सक्षम नेताका रूपमा काम गरिन् ।

“बुवालाई आर्दश मानेर यहाँसम्म आएँ । बुवाको साथ र सहयोग सधैँ मेरो लागि प्रेरणाका स्रोत छन्,” उनी भन्छिन्, “बुवाले हातमा कुचो होइन, किताब बोकेको राम्रो मानुहुन्छ । त्यसकै प्रतिफल हो, म जनताको मन्दिर संसद हुँदै यहाँ सम्म पुगे ।”

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी मञ्जु अन्याय, अत्याचारविरुद्ध सशक्त आवाज उठाइरहेकी छन् । समाजमा व्याप्त पितृसत्तात्मक सोच परिवर्तन हुन जरुरी छ र त्यसका लागि आफू स्वयंबाट सुरु गर्नुपर्ने उनी बताउँछिन् ।

लिंगका आधारमा होच्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्ने मञ्जुले पाँच वर्षअघि तत्कालिन आफ्नै पार्टीका सांसदले होच्याउँदा थप्पड हानेकी थिइन् । “मेरो घरमा कहिले पनि लिंगको अधारमा विभेद भएन । मेरो परिवारको सदस्यले कहिले पनि छोरी भनेर विभेद गरेको याद छैन,” उनले भनिन् ।

नेकपा (एमाले) निकट युवा संघमा केन्द्रीय सचिव भएर काम गरेकी उनीसत्य र महिलाको पक्षमा डटेर उभिने गरेकी छन् । लैंगिक र जातीय विभेदविरुद्ध आवाज उठाउने उनले गएको मंसिर १७ गते सूर्यनारायण ठाकुरसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् ।

सरिता र मञ्जु अवसर पाए सफलताको शिखर चुम्ने प्रतिनिधिमुलक महिला हुन् । उनीहरु जस्तै अन्य महिलाले पनि शिक्षा र अवसर पाए सफल हुन सक्ने छन् । तर यस विषयमा राज्य र अभिभावक जिम्मेवा हुनु पर्ने छन् ।

प्रदेश सरकारको आशमा महिला

मधेश प्रदेश सरकारले ०७५ माघमा किशोरीमाथि हुने हिंसा अन्त्य गर्ने र छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु ग¥यो ।

अभियानअन्तर्गत अध्ययरत छात्रालाई साइकल वितरण, छोरी बिमा र हिंसाबाट जोगाउन आत्मरक्षा तालिमजस्ता कार्यक्रम समावेश गरिएको थियो । तर यी कार्यक्रम अहिले कार्यन्वयको अवस्था दयनीय छ ।

छोरीलाई शिक्षा नदिने, बालविवाह गर्ने र घरेलु हिंसा गर्नेजस्ता प्रवृत्ति निर्मूल गरी प्रोत्साहन गर्ने उद्देश्यले ती कार्यक्रमहरू ल्याइएको थियो । मुद्दा परेपछि अहिले बन्द छ । तर निष्पक्ष कार्यविधि बनाएर ती कार्यक्रमहरु पुनः सञ्चालनमा ल्याउनु पर्ने माग छ ।

यस्तै, छोरीलाई मूलधारमा ल्याउनका लागि प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत महिला आरक्षणको व्यवस्था गरिएको छ । प्रदेश सरकारले महिलाको नाममा उद्योग दर्ता गरी सञ्चालन भए २० वर्ष राजस्व नलिने कानुनी व्यवस्था समेत गरेको छ ।

 

LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO LAKUTOTO